१९ असार २०८१ बुधबार
image/svg+xml

सटिजन्सको प्रिभिलेज काउन्टर थपिए

सिटिजन्स बैंकले प्रिभिलेज काउन्टर विस्तार गरेको छ। लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर र बिर्तामोड शाखा तथा प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको बैंकले जनाएको छ।

उदयपुरका युवालाई ठग्ने गोर्खाली विराटनगरबाट पक्राउ

प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार अर्यालले दनुवारद्वयबाट १ लाख ७३ हजार रकम ठगी गरेको उजुरी परेको छ। उनले अन्य युवालाई पनि यसरी ठगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

पाँच बङ्गलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ।

टेलिकमको ब्रान्ड एम्बेसडरमा महजोडी

महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

बाग्मती प्रदेशमा पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन्।

गोरखाका तीनवटा कार्यालयको खर्च चार महिनामा शून्य!

चालू खर्च (तलब भत्ता) तर्फ भने स्वास्थ्य कार्यालयले १० प्रतिशतभन्दा बढी खर्च गरेको छ। घरेलु कार्यालयले ८ र जिल्ला आयुर्वेदले करिब १२ प्रतिशत चालू खर्च गरेका छन्।

एमालेमा देशव्यापी असन्तुष्टि

नेकपा एमालेभित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ।

प्रदेश १ माओवादी अधिवेशनः पदाधिकारी टुंगो लगाउन सकस

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशनले प्रदेश समितिमा पदाधिकारी टुंगो लगाउन सकेको छैन।

वैदेशिक रोजगार: खोटाङमा चार महिनाको अवधिमा एक हजार ७९२ जनाले लिए श्रम स्वीकृति

यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन्।

माओवादी केन्द्र गण्डकीकाे अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन्।

‘अब ऊर्जा कुटनीति’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले पछिल्लो समय छिमेकी मुलकलाई ऊर्जा कूटनीतिको आँखाले हेर्न थालिएको बताएकी छन्।

मध्यमस्तरका होटललाई परीक्षार्थीबाट राहत

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा झन्डै दुई वर्षदेखि विदेशी पाहुना देख्न नपाएका पर्यटन व्यवसायीका लागि पछिल्लो समय आन्तरिक पर्यटकले राहत दिएको विद्यार्थी र परीक्षार्थीको घुमघामले पुष्टि गर्ने सुवेदी बताउँछन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन शुरु

मिति सार्वजनिक नगरिएपनि गण्डकी प्रदेश खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारको अध्ययन शुरु गरेको छ।

बंगलादेशमा पनि भेटियो ओमिक्रोन, क्रिकेट खेलाडीमा पुष्टि

यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिए। उनले दुई जनामा यो सङ्क्रमण पाइएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्