१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मनाङेलाई भौतिक र फणिन्द्रलाई उर्जा मन्त्रालय

गण्डकी प्रदेशमा मन्त्रीपरिषद बिस्तार भएको छ। विश्वासको मत पाएको भोलिपल्टै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद बिस्तार गरेका हुन्।  

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटालाई मन्त्रीमा नियुक्त गरेका हुन्। नियुक्त भएका मन्त्रीहरुलाई मंगलबार सपथग्रहण गराइएको छ। उनीहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ खुवाएका हुन्।

मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुको कार्य विभाजन समेत गरेका छन्। उनले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय र देवकोटालाई उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यससँगै गण्डकी मन्त्री परिषद पाँचसदस्यीय भएको छ। यद्दपी अझै मन्त्रीपरिषदले पूर्णता पाइसकेको छैन। यसअघि टकराज गुरुङ आर्थिक मामिला तथा यातायात व्यवस्था मन्त्री र बिन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईसकेका छन।  

प्रकाशित: २९ जेष्ठ २०८१ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App