परिवार दलद्वारा हावाहुरी पीडितलाई सोलार लाइट वितरण
नेपाल परिवार दलद्वारा बाराका हावाहुरी पीडित १ सय ७० घर परिवारलाई सोलार लाइट वितरण गरेको छ।
नेपाल परिवार दलद्वारा बाराका हावाहुरी पीडित १ सय ७० घर परिवारलाई सोलार लाइट वितरण गरेको छ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा आएको एउटा टोली बिहीबार हावाहुरी प्रभावित क्षेत्रमा आयो। पूर्वशान्तिमन्त्रीसमेत रहेका उनले पर्याप्त राहत नपुगेको देवताल गाउँपालिकाको एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती बाँडे। उनले विपत्तिमा परेकाहरूका सााथमा आफूहरू रहेको सन्देश प्रवाह गरे।
रोल्पामा गत साउनदेखि फागुनसम्म १२ स्वास्थ्य संस्थामा ४ सय ४९ जनाले गर्भपतन गराएका थिए। यो समयमा सबैभन्दा बढी जिल्ला अस्पतालमा २ सय २२ जनाले गर्भपतन गराएको देखिन्छ।
आर्थिक रूपले विपन्न परिवारका विद्यार्थीलाई सरकारले उच्च शिक्षा निःशुल्क दिने भएको छ। प्रतिनिधिसभामा दर्ता भएको ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले’ आर्थिक रुपले विपन्न, विपन्न दलित, विपन्न अपाङ्गता भएका विद्यार्थीलाई उच्च शिक्षा निःशुल्क दिने व्यवस्था गरिएको हो।
बस दुर्घटनामा मृत्यु भएका हरिपुर नगरपालिका–९, पिडारी ढापटोलका तीन जना मृतकका परिवारलाई मंगलबार प्रदेश सरकारले राहतस्वरूप नगद सहयोग प्रदान गरेको छ।
राजधानीमा सोमबारदेखि राष्ट्रिय परिवार योजना सम्मेलन हुँदैछ। दुईदिनसम्म जारी रहने सम्मेलनको उट्घाटन उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गर्ने कार्यक्रम छ।
भाटभटेनी सुपर मार्केटमा आजकल एक किलो चिनीको मोल ७२ रुपैयाँ पर्दछ। दसैं, तिहार, छठ जस्ता चाडपर्वको समयमा ५९ रुपैयाँ किलो चिनी बेचेको भाटभटेनी केही साता अघिसम्म ६९ रुपैयाँमा बेच्दैथ्यो। आजकल ७२ कायम छ। बजारमा सामान्य तथा ७५ रुपैयाँ किलोमा चलेको छ।
अमेरिकाको दक्षिणी भेगमा रहेको एन्टेलोप क्यान्योन रङ्गीन चट्टानले बनेका पहाडहरुको शृंखला हो। यहाँ बिहान, दिउँसो र बेलुकी घामको किरणले एउटै ठाउँलाई बेग्लाबेग्लै रङ प्रदान गर्छ। त्यही रङले यहाँको कलात्मक माटोलाई अनौठो आकृति बनाउँछ।
नोबल पुरस्कार विजेता टर्किस लेखक ओह्रान पामुकले ‘इस्तानबुल’ माथिको आफ्नो संस्मरणात्मक निबन्धमा मानिसको ‘इपिसेन्टर’ त्यही हो जहाँ ऊ जन्मिएको हुर्किएको हुन्छ भनेका छन्। इस्तानबुलका सडक र चोक मात्र नभएर त्यहाँका मानिसदेखि कुकुरसम्म आफ्ना स्वजन रहेको चर्चा पामुकले निबन्धमा गरेका छन्। मेरो जन्म र हुर्काइ काठमाडौंमा भएकाले मलाई सधँै आफ्नो यस ‘इपिसेन्टर’ ले उत्साहित, द्रवित र दुस्खी बनाउँछ।
प्रेम के हो ? परिभाषा दिनु त्यति उपयुक्त नहोला। यो त अनुभूत गर्ने विषय हो न कि व्याख्या। यस विषयमा जानकारी नराख्ने, आकर्षित नहुने को होला र ! के बच्चा, के तन्नेरी, के बुढा सबैलाई प्रेम चाहिन्छ। सबै प्रेम अनुभूत गर्न चाहन्छन्, व्यक्त गर्न चाहन्छन्। उनीहरुको प्रेम व्यक्त गर्ने वा अनुभूत गर्ने तरिका फरक हुन आउँछ।
कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ। अझै पूरै प्रकृति नै सुन्दर देखियो भने त हामीमा त्यसको प्रभाव नपर्ने कुरै भएन। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो।
यो पटक गर्मी मौसमको आगमन अलि छिटो हुन लागेको जस्तो छ। त्यसो त ग्लोबल वार्मिङको प्रभाव पनि हुनसक्छ। कारण जेसुकै भए पनि वातावरणीय तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको सहज वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोगहरु उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ।
विपिन कार्की नेपाली फिल्म क्षेत्रका प्रतिभाशाली अभिनेता हुन्। हरेक फिल्ममा उनी फरक–फरक भूमिकामा देखिन्छन्। ‘पशुपतिप्रसाद’, ‘जात्रा’, ‘हरि’, ‘प्रसाद’, ‘गोपी’ आदि फिल्ममा उनले निर्वाह गरेको भूमिका दर्शकले खुब रुचाएका थिए।
भाँडोको विकाससँगै चुलोको पनि विकास भएको हो। सुरुमा चुल्ढुंगामाथि राखेर खानेकुरा पकाएर खाइन्थ्यो। त्यसपछि फलामको ओदानको प्रयोग हुन थाल्यो। मट्टितेलको विकाससँगै स्टोभमा खाना पकाउने चलन आयो। स्टोभ चुलोको सँगसँगै पकाउने मानिसलाई पनि सजिलो होस् भन्ने हेतुले किचन र्याक तथा स्ल्याब ढलानको विकास भयो।