१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

एन्टेलोप क्यान्योन

अमेरिकाको दक्षिणी भेगमा रहेको एन्टेलोप क्यान्योन रङ्गीन चट्टानले बनेका पहाडहरुको शृंखला हो। यहाँ बिहान, दिउँसो र बेलुकी घामको किरणले एउटै ठाउँलाई बेग्लाबेग्लै रङ प्रदान गर्छ। त्यही रङले यहाँको कलात्मक माटोलाई अनौठो आकृति बनाउँछ। 

यिनै अनौठा आकृति र दृश्यले यहाँ आउने सबै पर्यटकको मन मोहित पार्छ। यो भेग अमेरिकाको एरिजोनास्थित लिची च्याप्टरमा पर्छ। यहाँ चट्टानको भित्रभित्र घुम्न पाइन्छ। १०–१२ जनाको समूहमा टुर गाइड लिएर मात्र जान पाइन्छ। प्रति व्यक्ति प्रवेश शुल्क पचास डलर तिर्नु पर्दा सुरुमा केही महँगो जस्तो लागे पनि भित्र छिरेर त्यसको मज्जा लिन थालेपछि भने यसको बेग्लै स्वाद पर्छ। यहाँभित्र राता चट्टानका विभिन्न आकृतिहरु देखा पर्छन्। त्यसो त यसमा कोण मिलाएर हेर्याे भने मात्रै आकृतिको आभाष हुन्छ। कोण मिलाउन सकिएन भने आकृति देख्न नसकिने रहेछ।

यस एन्टिलोप क्यानियोनका आकृति हेर्न दिनमा हजारौँ यात्रीहरुको भिड लाग्दो रहेछ। गर्मी याममा त यहाँ खुट्टा टेक्ने ठाउँ हुँदैन भनेर हामीलाई टुर गाइडले सुनाउँदै थिए। कतिपय पर्यटक त घुम्दाघुम्दै हराउने र कतिपय दुर्घटनामा समेत पर्ने भएकाले एक्लै हिँड्न प्रतिबन्ध लगाइएको रहेछ।

खासमा यो ठाउँप्रति मेरो चासोको कारण भने ‘१२७ आर्वस्’ भन्ने फिल्मका कारण पनि हो। सन् २००३ को अप्रिल महिनामा आरोन राल्सटन यिनै ढुंगाको कुनै कापमा चेपिएर १२७ घण्टापछि उद्धार गरिएका थिए। उनको आत्मकथा ‘बिटविन अ रक एन्ड हार्ड प्लेस’ २००४ मा निस्कँदा निकै चर्चा भएको थियो। 

प्रकाशित: २३ फाल्गुन २०७५ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App