२ असार २०८१ आइतबार
image/svg+xml

शिक्षामन्त्री सुमना श्रेष्ठले स्थगन गरिन् ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ।

शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका

नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो।

त्रिविको शैक्षिक सुधारमा प्रधानमन्त्री आफैँ प्रतिबद्ध हुनुपर्छ: प्रतिनिधिसभाका सांसदहरू

प्रतिनिधि सभाका सांसदहरूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक सुधारका लागि प्रधानमन्त्री आफैँ प्रतिबद्ध र जिम्मेवार हुनुपर्ने बताएका छन्।

शैक्षिक सुधारमा कालिकोटका स्थानीय तह

कालिकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग गर्न थालेका छन्। नौ स्थानीय तहमध्ये प्रायःस्थानीयले नयाँनयाँ विधिको प्रयोग गरेर शैक्षिक सुधारका काम गर्न थालेका हुन्।

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।

नपाउने भए ताप्लेजुङका तीन पालिकाका विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको अनुदान

ताप्लेजुङका तीनवटा पालिकाका कुनैपनि विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फतको अनुदान नपाउने स्थिति देखिएको छ।

शैक्षिक सुधारको अभियानमा नगरपालिका

नगरपालिका भित्रका सम्पूर्ण सरकारी विद्यालयहरूको अवस्था बारे जानकारी लिएर शैक्षिक सुधारका लागि बृहत् शैक्षिक गोष्ठी थालेको हो।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः बागलुङका ११९ विद्यालय लाभान्वित

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो वर्ष बागलुङका ११९ विद्यालय छनोटमा परेका छन्। सो कार्यक्रमअन्तर्गग यो वर्ष मुलुकका चार हजार १५७ विद्यालय छनोटमा परेका हुन्। तीमध्ये बागलुङका ११९ विद्यालय छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: तनहुँका ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दुई सय २८ विद्यालय सिफारिस

तलकोट गाउँपालिकाका, १८ खप्तडछान्नाका २२, छविसपाथि भेराका २७, मष्टाका २२, बुङ्गलका ४०, सुर्माका ११, थलारा गाउँपालिकाका २३, जयपृथ्वी नगरपालिकाका १२, दुर्गाथली गाउँपालिकाका ४, केदारस्युका ४१, वित्थडचिरका ५ र साइपाल गाउँपालिकाका तीन विद्यालय सिफारिस गरिएका हुन्।

लुम्बिनीमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम आउँदै

प्रदेशमा रहेका आधारभूत विद्यालय र बाल विकास केन्द्रहरुको भौतिक अवस्था तथा वातावरणीय पक्षमा सुधार ल्याउन लुम्बिनीमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याउन थालिएको छ।

डोल्पाको शैक्षिक सुधार कार्यमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी

शैक्षिक सुधारको लागि हिमाली जिल्ला डोल्पाका विद्यालयहरुमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् । आरटिआई ईन्टरनेशनल नेपाल, ईजिआरपीको प्राविधिक र वित्तिय सहयोगमा सदरमुकाम दुनैमा सम्पन्न कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन । विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्रमा गरेको लगानी, शैक्षिक तथा भौतिक प्रगती, अवसर र चुनौतीका बारे आआफ्ना धारणा राखेका थिए ।

राष्ट्रपति शैक्षिक सुधारका लागि डोल्पाका १८ विद्यालय छनौट

डोल्पाका विभिन्न स्थानीयतहमा रहेका १८ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयन कार्यविधि २०७६ अनुसार परियोजना माग गरेका विद्यालयहरु छनौटमा परेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २ सय ८ विद्यालयको आवेदन

बैतडीमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमका लागि २ सय ८ विद्यालयले आबेदन पेस गरेका छन् । जिल्लाका १० वटै स्थानीय तहहरुले कार्यपालिकाबाट निर्णय गरी केन्द्रमा पठाएका हुन् । पुर्चाैैडी नगरपालिकाबाट ३७, दशरथचन्द नगरपालिकाबाट १६, पाटन नगरपालिकाबाट २४, मेलौली नगरपालिकाबाट २०, आवेदन परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्