२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

नपाउने भए ताप्लेजुङका तीन पालिकाका विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको अनुदान

फाइल तस्बिर

ताप्लेजुङका तीनवटा पालिकाका कुनैपनि विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फतको अनुदान नपाउने स्थिति देखिएको छ।

चालू आर्थिक वर्ष २०७९/०८० मा यस्तो प्रकृतिको अनुदान बितरण गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ३ हजार ४ सय ७५ विद्यालय छनौट गर्दा सिरिजङ्गा गाउँपालिका,पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका कुनैपनि विद्यालय छनौट भएनन्।

 शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराईले तीनवटा पालिकाका कुनैपनि विद्यालयले अनुदान पाउने क्रममा छनौट हुन नसकेको भन्दै यसका बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ध्यानाकर्षण गरेको जनाएका छन्।

नौ स्थानीय तह रहेको ताप्लेजुङका छ स्थानीय तहका २२ वटा विद्यालय भने अनुदान पाउन गरी छनौट भएका छन्। मिक्वाखोला गाउँपालिका ३ विद्यालयले अनुदान पाउने छन्। किलिङ आधारभूत विद्यालय र राजेश्वरी आधारभूत विद्यालय  प्रत्येकले २ कोठे भवन निर्माणका लागि समान २७ लाख ५० हजार रुपैयाँका दरले अनुदान पाउने छन्।

पञ्चेश्वरी माविले भने ४ कोठे भवनका लागि ५५ लाख रुपैयाँ अनुदान पाउने छ। यस्तै सिदिङ्वा गाउँपालिकाकाका ४ विद्यालयले अनुदान पाउने गरी छनौट भएका छन्। जसअनुसार जलेश्वरी आधारभूत विद्यालय र सिंहदेवी आधारभूत विद्यालय प्रत्येकले २ कोठे भवन निर्माणका लागि सामान २७ लाख ५० हजार रुपैयाँका दरले अनुदान पाउने छन्। निलगिरी माध्यमिक विद्यालयले आइसिटीका लागि ६ लाख ५० हजार र साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयले ४ कोठे भवनका लागि ५५ लाख रुपैयँ अनुदान पाउने भएको छ। 

यस्तै फुङ्लिङ नगरपालिका ५ वटा विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फतको अनुदान पाउने भएका छन्। फुनपाका वीरेन्द्र माध्यमिकविद्यालय र दुर्गम क्षेत्र आधारभूत विद्यालय प्रत्येकले ४–४ कोठे भवन निर्माणका लागि समान ५५ लाख रुपैयाँ अनुदान पाउने छन्। यस्तै फुनपाकै मेवाराजा आधारभूत विद्यालय र शिव आधारभुत विद्यालय प्रत्येकले २ कोठे भवन निर्माणका लागि सामान २७ लाख ५० हजार रुपैयाँ अनुदान पाउँदा सिद्धकाली माध्यमिक विद्यालयले आइसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ अनुदान पाउने भएको छ।

उता आठराइ त्रिबेणी गाउँपालिकाका ४ वटा विद्यालयले अनुदान पाएका छन्। जस अनुसार आम्बोटे आधारभूत विद्यालयले ४ कोठे भवन निर्माणका लागि ५५ लाख र जनकल्याण आधारभुत विद्यालयले २ कोठे भवन निर्माणका लागि रुपैयाँ अनुदान पाउँदा सरस्वती आधारभूत विद्यालय र सिरिजङ्गा आधारभूत विद्यालय प्रत्येकले आईसिटीका लागि सामान ६ लाख ५० हजार रुपैयाँका दरले अनुदान पाउने छन्।

मैवाखोला गाउँपालिकाका २ वटा विद्यालयले अनुदान पाउने भएका छन्। मैवाखोला माध्यमिक विद्यालयले ४ कोठे भवन निर्माणका लागि ५५ लाख र पार्टीडाँडा माध्यमिक विद्यालयले २ कोठे भवन निर्माणका लागि २७ लाख ५० हजार अनुदान पाउने भएका छन्।

 मेरिङ्देन गाउँपालिकाका ४ वटा विद्यालयले अनुदान पाउने भएका छन्। पृथ्वी माध्यमिक विद्यालयले ४ कोठे भवन निर्माणका लागि ५५ लाख तथा राजारानी आधारभूत विद्यालय र जनज्योति आधारभूत विद्यालय प्रत्येकले २–२ कोठे भवन निर्माणका लागि सामान २७ लाख ५० हजार रुपैयाँका दरले अनुदान पाउने भएका छन्।

मेरिङदेनकै सुर्के माध्यमिक विद्यालयले आईसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ अनुदान पाउने भएको छ।  

प्रकाशित: ३१ भाद्र २०७९ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App