७ वैशाख २०८१ शुक्रबार

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्।

सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि – प्रशासन अन्तर्क्रिया

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन र शान्ति सुरक्षाकेन्द्रित जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।

२०८० : पाथिभरा मन्दिरमा डेढ लाख बढी दर्शनार्थी

गत साउनदेखि चैत मसान्तसम्ममा ताप्लेजुङस्थित पाथिभरादेवीको एक लाख ६८ हजार बढीले दर्शन गरेका छन्।

लडेर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु

आफ्नै घरको सिँढीबाट ओर्लने क्रममा लडेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

चालू आवका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ गर्न सफल भएको जनाएको छ।

मैवाखोला: कक्षा ८ को परीक्षामा ५ विद्यार्थी मात्र पास, १४८ ले पढाई दोहोर्‍याउनुपर्ने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।

गोलियासहित चार ट्र्याक्टर नियन्त्रणमा

ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र बिलबिजक नभएको गोलियासहितका चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ।

सुपर कावेलीखोला ‘ए’ क्यासकेट जलविद्युत परियोजनाको एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’

एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको ७५ प्रतिशत काम पूरा भएको आयोजनाका प्रमुख मेघनाथ ढुङ्गानाले जानकारी दिए।

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए।

फागुन यता ताप्लेजुङमा १६ घर जलेर नष्ट

ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन्।

ताप्लेजुङको मेरिङदेनमा आगलागी, २ घर नष्ट

मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनको पहिलो सर्किट तयार

कोसी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मौवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट तयार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्