९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २ सय ८ विद्यालयको आवेदन

बैतडीमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमका लागि २ सय ८ विद्यालयले आबेदन पेस गरेका छन् । जिल्लाका १० वटै स्थानीय तहहरुले कार्यपालिकाबाट निर्णय गरी केन्द्रमा पठाएका हुन् । पुर्चाैैडी नगरपालिकाबाट ३७, दशरथचन्द नगरपालिकाबाट १६, पाटन नगरपालिकाबाट २४, मेलौली नगरपालिकाबाट २०, आवेदन परेको हो । यस्तै सुर्नया गाउँपालिकाबाट २५, सिगास गाउँपालिकाबाट ३९, डिलासैनी गाउँपालिकाबाट २०, दोगडाकेदार गाउँपालिकाबाट ९, शिवनाथ गाउँपालिकाबाट १० र पञ्चेश्वर  गाउँपालिकाबाट ८ गरीव२ सय ८ विद्यालये आवेदन पेस गरेका हुन् । विद्यालयले आवेदन दिएपछि स्थानीय तहले पनि निर्णय गरी संघीय सरकारलाई पठाएको शिक्षा विकास तथा समुन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

भवन निर्माण, कक्षाकोठा मर्मत, खेल मैदान, खेल सामग्री, कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याव, सरसफाइ र खानेपानी, छात्रछात्रा वासलगायतका शीर्षकमा आवेदन दिएको शिक्षा विकास तथा समुन्वय इकाई बैतडीले जनाएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिले तयार पारेका कार्ययोजनाको आधारमा छनौट गरी २५ लाख रुपैयाँसम्म बजेट बिनियोजन गरिने  बताइएको छ ।

प्रकाशित: ४ चैत्र २०७७ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App