८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

डोल्पाको शैक्षिक सुधार कार्यमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी

शैक्षिक सुधारको लागि हिमाली जिल्ला डोल्पाका विद्यालयहरुमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् । आरटिआई ईन्टरनेशनल नेपाल, ईजिआरपीको प्राविधिक र वित्तिय सहयोगमा सदरमुकाम दुनैमा सम्पन्न कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन । विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्रमा गरेको लगानी, शैक्षिक तथा भौतिक प्रगती, अवसर र चुनौतीका बारे आआफ्ना धारणा राखेका थिए ।  

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले गरेका कामहरु निकै राम्रो देखिएको विगतको तुलनामा बालबालिकाहरुमा धेरै परिवर्तन देखिएकोले सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा कार्यक्रमकोे विस्तार र निरन्तरतामा सरोकारवालाले जोड दिएका छन् । जिल्ला समन्वय समितिको विस्तारित बैठकमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम दोस्रोको उद्देश्य र क्रियाकलाप, कक्षाकोठामा आधारित पठन सिप परीक्षण, नतिजा डकुमेन्टरी प्रदर्शन, स्थानीय तहमा संचालित पढाई कार्यक्रमको न्युनतम प्याकेज, कार्यन्वयनको समीक्षा र छलफल, स्थलगत संयूक्त अनुगमनको प्रतिवेदन प्रस्तुती र छलफल, स्थनीय तहहरुमा बनाइएका शिक्षा प्रोफाईल र १० वर्षे शिक्षा योजना निर्माणको लागि बनाएका कार्ययोजना माथिको समिक्षा लगायत विविध विषयबस्तुमा छलफल गरिएको थियो ।  

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम डोल्पा संयोजक रणबहादुर कार्कीले पहिलो ५ वर्षे कार्यक्रम सकिएर फेरि दुई वर्षे ईजिआरपी कार्यक्रम लागु भएको जानकारी दिए । जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले प्रारम्भिक कक्षा पढाई कार्यक्रम डोल्पाको शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाको विकासको लागि महत्वपूर्ण सावित हुँदै गएकाले यसको निरनतरता र विस्तारको लाथि आफ्नो सहयोग रहने बताए । डोल्पाका ८ ओटा स्थानीय मध्य त्रिपुरासुन्दरी नगरपालिकाले शिक्षा क्षेत्रमा र राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई समेत बजेट विनियोजन गरेर राम्रो लगानी गरेको पाईएकोले अन्य स्थानीय तहले पनि आगामी वर्षहरुमा शिक्षालाई पहिलो प्रथामीकतामा राखेर शिक्षाको विकासको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रमको सहजीकरण जिल्ला संयोजक रणबहादुर कार्की, क्षेत्रीय अनुगमन तथा मूल्याकंन विभाग प्रमुख दामोदर पंगेनीले गरेका थिए । कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिका उपमेयर चन्द्रकुमारी बुढा, काईके गाउँपालिका अध्यक्ष अंगदकुमार राना, ठुलीभेरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरिप्रसाद डागीँ लगाएतका विभिन्न जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: १४ वैशाख २०७८ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App