२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पोखराले अझै भेटेन फोहर फ्याक्ने ठाउँ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनावरी एकदेखि संचालनमा ल्याउने हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तयारी छ।

महोत्सवमय पोखराः पुसमा मात्रै तीनवटा महोत्सव

पोखरामा फेरी मेला र महोत्सवको सिजन सुरु भएको छ। दुई वर्ष कोरोनाको त्रासले सबैजसो मेला र महोत्सव स्थगित भएका थिए।

‘डेस्टिनेसन वेडिङ’ ले ठुला होटललाई राहत

पर्यटन क्षेत्रले कमाउने मुख्य आधार नै स्वदेशी तथा विदेशी पाहुनाको आगमन र उनीहरुका गतिविधिबाट हो। कोरोना भाइरस संक्रमण सुरु भएपछि आन्तरिक र केही भारतीय पाहुना तथा सिमित तेश्रो मुलुकका विदेशीबाट अहिले जेनतेन पर्यटन क्षेत्र धानिएको छ। तर, पछिल्लो समय पर्यटनमा आम्दानीको नयाँ श्रोत थपिँदै जान थालेका छन्। ती हुन वैवाहिक गतिविधि। स्वदेशी र विदेशी पाहुनाको आगमनमा मात्र भर परेको पर्यटन क्षेत्रमा पछिल्लो समय वैवाहिक गतिविधिले साथ दिँदा यहाँका होटल र रेस्टुरेन्टलाई आर्थिक रुपमा राहत मिलेको व्यवसायीले बताउने गरेका छन्। पर्यटन व्यवसायीले ‘डेस्टिनेसन वेडिङ’ बाट पर्यटन क्षेत्रले ठुलो राहत पाएको बताउँछन्।

गण्डकी प्रदेशले स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँसहित सम्मान गर्ने

आइतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ। गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो।

आईटिएफ जे-५ सर्किट १ : चाईनिज ताईपेईका हङ र भारतकी दुर्गाङ्सी च्याम्पियन

पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा हङले चाईनिज ताईपेईका चेन हुईहोलाई ६–०, ६–१ सोझो सेटले पराजित गर्दै सर्किट १ च्याम्पियन बनेका हुन्।

चन्दाकै भरमा ठडियो पोखरा बहुमुखी क्याम्पस भवन

चन्दा उठाएकै भरमा पोखरा बहुमुखी क्याम्पसले सुविधासम्पन्न भवन ठड्याएको छ। क्याम्पस बनाउन करिब पाँचकरोड रुपैयाँ चन्दा उठाइएको थियो। गण्डकी प्रदेशको पहिलो सामुदायिक शिक्षण संस्था भएपनि यो क्याम्पसको आफ्नै भवन थिएन।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः सकियो ‘क्यालिब्रेसन फ्लाईट’

अगामि जनवरी एकदेखि संचालनमा ल्याउने तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रीक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सकिएको छ। एकसाता लगाएर विमानस्थलको यान्त्रीक परीक्षण गरिएको हो। यान्त्रीक परीक्षणको रिपोर्ट भने आईसकेको छैन।

पोखरामा भैरव नाच प्रदर्शनको तयारी

पोखरामा भैरव नाच प्रदर्शनको तयारी शुरु भएको छ। भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६/६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच यस वर्ष यहि मंसिर १५ गतेदेखि प्रदर्शन शुरु गरिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

सिजनको पर्यटक आगमनः उत्कृष्ट भन्न मिल्दैन, सन्तोषजनक ठान्नुपर्छ

कोरोना भाईरस संक्रमण सुरु हुनुअघि यो अवधिमा पर्यटन क्षेत्र निकै नै चम्किन्थ्यो। तर, कोरोनाले गर्दा खस्केको यो आगमनले अहिले कोरोना कमजोर हुँदा पनि पहिलेको आकारमा फर्किन सकेको छैन। सन् २०२२ मा पर्यटन क्षेत्रले कोरोनाबाट निकै नै माथि उठ्ने अपेक्षा गरेको थियो। तर, त्यो अनुरुप हुन नसकेको व्यवसायीले बताउँदै आएका छन्।

मंसिर १८ पछि कहाँ फ्याकिन्छ पोखराको फोहाेर ?

आगामी जनावरी एकदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारीमा हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लागिपरेको छ।

छात्रा प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो।

पोखरालाई भारतसँग जोड्दै हवाई कम्पनी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने तयारीसँगै निजी हवाई कम्पनिले पोखराको यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि चाँसो देखाएका छन्। निजी हवाई कम्पनिले त्यसका लागि आन्तरिक तयारी गरिरहेको बताएका छन्। चार्टर र मेडिकल फ्लाईट गर्न सकिने भनेर निजी कम्पनिले अहिले तयारी थालेका छन्।

पोखराको हवाई सेवा दिनहुँ साढे ५ घण्टा प्रभावित हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्र्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) सुरु हुने भएपछि सोमबारदेखि यहाँबाट हुने नियमित हवाई सेवा प्रभवित हुने भएको छ।

हिमाल खुल्यो, मतदाता खुलेनन् (फोटोफिचर)

बिहानैदेखि हिमाल खुलेको छ। दिन घमाईलो छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गर्दा आइतबार सडकमा सरकारले अनुमति दिएका बाहेक सवारी चलेका छैनन। मतदान केन्द्रमा मतदाताको केही चहलपहल छ। तर, मतदाताको चहलपहल सोचेजति नदेखिएको मतदाताले नै सामाजिक सञ्जालमा लेखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्