२१ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौँ विश्वविद्यालयमा पुनः ताला

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन्।

फौजी कीरा नियन्त्रणमा जैविक विधि सफल

त्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन्।

श्रेणीविहीन चालक र कार्यालय सहयोगीलाई स्थायी गर्न माग

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाले जाँदाजाँदै गरेको निर्णयको कारण विश्वविद्यालय सेवा आयोगलाई अप्ठेरो परेको छ। खनियाले नेपाल सरकारको श्रेणीविहीन कर्मचारीसम्बन्धी नियम र त्रिविकै श्रेणीविहीन कर्मचारीसम्बन्धी नियमविपरीत श्रेणीविहीन कर्मचारीलाई स्थायी दरबन्दीमा नियुक्ति गर्ने निर्णय गरी सेवा आयोगलाई अप्ठेरोमा पारेका हुन्।

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : यादव

संविधानको धारा १०० को उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ।

सन् २०१९ मा विश्वभरी पत्रकार हत्यामा सोह्र वर्ष यताकै कमी

विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ। तर यस वर्ष भने पत्रकारको हत्याका घटनामा केही कमी आएको छ। सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि यो तथ्याङ्कलाई केही सुखद् भएपनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीहरुको भनाई छ।

‘देशको मुहार चिन्न विश्वविद्यालयलाई हेरे पुग्छ’

शिक्षाले समाजलाई चिन्न, समाजका समस्या बुझ्न, अवसरहरू थाहा पाउन र विद्यमान चुनौतीको सामना गर्न सक्षम बनाउँछ।

केयुको २५औं दीक्षान्त आज

काठमाडौं विश्वविद्यालय (केयु) को २५औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमअन्तर्गत शुक्रबार एक हजार ५ सय ४६ जना विद्यार्थी विभिन्न उपाधिबाट दीक्षित हुने भएका छन्। यसअघि पहिलो चरणमा मेडिकलतर्फका १ हजार ६ सय ४ जना दीक्षित भइसकेका छन्।

तस्बिरमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्।

के भएको थियो जामिया मिल्लिया इस्लामिया विश्विद्यालयमा ?

आइतबार साँझ जामिया मिल्लिया इस्लामिया विश्विद्यालयसँगै रहेको जुलेना र मथुरा रोडमा नागरिकता संशोधन कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीले केही बसमा आगो लगाइदिए।

आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण

विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।

हिंसा नदोहोरिने निश्चित गर

राजनीतिक आडमा हुने सम्भावित अपराध रोक्न राज्यले अन्तर्राष्ट्रिय फौजदारी अदालतको ‘रोम विधान’ र बलपूर्वक बेपत्ता पार्नेविरुद्धको महासन्धि अनुमोदन गर्न ढिलाइ गर्नुहुन्न।

६ विश्वविद्यालय उपकुलपतिविहीन

मंसिर ६ गतेदेखि नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा तीन महिने निमित्त उपकुलपतिहरूको म्याद सकिएको छ। उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।

पाकिस्तानी मन्त्री मिर्जा र खेलकुदमन्त्री विश्वकर्माबीच भेट

नेपाल भ्रमणमा रहेकी पाकिस्तानकी अन्तरप्रदेश संयोजनमन्त्री डा. फिमिदा मिर्जा र खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माबीच मंगलबार शिष्टाचार भेट भएको छ।

त्रिवि सुधार्न उपकुलपतिको १५ बुँदे योजना

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले त्रिवि सुधार गर्न १५ बुँदे सुधार अभियान योजना ल्याएका छन्। त्रिवि साधारणसभामा उनले १५ बुँदे सुधार प्रस्तुत गर्दै त्रिविलाई प्राज्ञिक केन्द्रका रूपमा विकास गर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्