६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
डा. रामकण्ठ माकजू श्रेष्ठ


डा. रामकण्ठ माकजू श्रेष्ठका लेखहरु :

लड्डुको करामत

आज टंकप्रसाद आचार्य र रामहरि शर्मा त हराए हराए। उता पुष्पलाल जसले कहिल्यै पनि सुख पाएनन्। केशरजंग रायमाझीले आफ्नो धन उडाए तर कहिल्यै सुख पाएनन्। अर्का धनाढ्यका सन्तान विष्णुबहादुर मानन्धरले काम र त्याग गर्दा अनि साम्यवादी विचारधारामा लाग्दा आफ्नो सम्पन्नतालाई कहिल्यै पनि ख्याल गरेनन्।

‘देशको मुहार चिन्न विश्वविद्यालयलाई हेरे पुग्छ’

शिक्षाले समाजलाई चिन्न, समाजका समस्या बुझ्न, अवसरहरू थाहा पाउन र विद्यमान चुनौतीको सामना गर्न सक्षम बनाउँछ।

परिवर्तन सम्भव छ

हामी आजको यो समयमा हाम्रो देश र देशवासीको स्थितिका विषयमा चिन्तन गरौँ। देशको वास्तविक अवस्था बुझ्न हामीले हिमाल, पहाड र तराईको पूरै यात्रा गरिरहनु पर्दैन, काठमाडौँमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पर जानु पनि पर्दैन। त्यही विमानस्थलमा तपाईंहरू एकै समयमा दुईवटा बिलकुल अलग दृश्यहरू देख्न सक्नुहुनेछ।

सम्भव छन् सपना

मैले दस वर्षको उमेरमा आमा गुमाएँ। उहाँ बिरामी हुनुहुन्थ्यो। तर, तपाईंहरूजस्ता तालिमप्राप्त चिकित्सकहरू वरपर नभएका कारणले उहाँले उपचार पाउनुभएन। त्यस बेला धुलिखेल पिछडिएको सानो बस्तीजस्तो थियो। धुलिखेलका धेरैजसो बासिन्दा राम्रो अवसर खोजीमा काठमाडौँ र अन्यत्र बसाइँ सर्थे। त्यस्तो परिवेशमा म हुर्कदै गएँ, समाजको अवस्था बुझ्दै गएँ। मेरोजस्तो अवस्था कसैले भोग्नु नपरोस् भन्ने भावना मनमा विकास हुँदै गयो। त्यही भावनाले नेपालको स्वास्थ्य क्षेत्रमा केही योगदान पु-याउने इच्छा जन्मायोे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्