९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

पाकिस्तानी मन्त्री मिर्जा र खेलकुदमन्त्री विश्वकर्माबीच भेट

काठमाडौं – नेपाल भ्रमणमा रहेकी पाकिस्तानकी अन्तरप्रदेश संयोजनमन्त्री डा. फिमिदा मिर्जा र खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माबीच मंगलबार शिष्टाचार भेट भएको छ। दक्षिण एशियन खेलकुद(साग) को उद्घाटन समारोहमा सहभागी हुन नेपाल आएकी उनले मन्त्री विश्वकर्मासँगको भेटमा नेपालले सार्कस्तरीय कार्यक्रम भव्य रूपमा आयोजना गरेको भन्दै बधाई समेत दिएकी थिइन।

भेटमा उनले यस किसिमका कार्यक्रमले सार्कक्षेत्रमा परस्पर समझदारी र प्रजातान्त्रिक आधारलाई बलियो बनाउन मद्दत गर्ने बताइन्। साथै उनले सार्कलाई सक्रिय बनाउन पनि यसले सहयोग गर्ने उनको विश्वास व्यक्त गरिन्। दुई देशका मन्त्रीबीच दुई पक्षीय सहयोग वृद्धि गर्ने विषयमा पनि छलफल भएको थियो।

नेपालले पर्यटन वर्ष २०२० मनाउँदै गर्दा नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध विस्तारको ६० औँ वर्षगाँठ पुग्ने भन्दै मन्त्री मिर्जाले यसले दुई मुलुकबीच सबै क्षेत्रमा सहकार्यका लागि उपयुक्त वातावरण बनेको बताएकी थिइन्। उनले नेपाली मन्त्रीलाई २०२० मा पाकिस्तान भ्रमणका निमन्त्रणासमेत गरेकी छिन्।

भेटका क्रममा मन्त्री विश्वकर्माले दुई मुलुकबीच जनस्तरमा सम्बन्धी विस्तारका लागि खेलकुद र युवाबीचको अन्तरक्रियाले सहयोग पुग्ने बताएका थिए।

प्रकाशित: १८ मंसिर २०७६ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App