६ आश्विन २०८१ आइतबार
image/svg+xml

कार्यालय भवनको अभाव, मारमा सेवाग्राही

जनताको नजिकको सरकार, संघीय राजधानीको जेठो महानगरपालिका काठमाडौंँ। आफ्नो कार्यालय भवन नभएर ९ स्थानमा भाडामा सञ्चालित छ। सेवाग्राहीलाई एउटै छानामुनिबाट पाउनुपर्ने सेवा/सुविधा प्राप्त गर्न अधिकांश समय बाटोमा खर्चनुपरेको छ। काठमाडौँं महानगरपालिकाअन्तर्गतको शिक्षा विभाग ताहाचलमा छ भने सहकारी विभाग बानेश्वरमा। नक्शा पास गर्ने विभाग, राजश्व विभाग र निर्माण विभाग बबरमहलमा भाडामा छ।

प्रज्ञा प्रतिष्ठान पुस्तकालयमा पाठक बढ्दै

२०७२ सालको महाविनासकारी भूकम्पका कारण क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन अहिले नयाँ भवनमा सरेसँगै पाठकहरुको संख्या पनि बढ्न थालेको छ। नवनिर्मित पुस्तकालय भवनमा पाठकहरुलाई अध्ययन गर्नका लागि शान्त, सफा र पठनमैत्री वातावरण भएका कारण पाठकहरु बढेका हुन्।

भवन बनेपनि दुतावासबाट भुक्तानी आएन

उदयपुरमा भारतीय दुतावासको सहयोगमा निर्माणाधिन नारद आदर्श शिक्षा क्याम्पसको २ तले पक्की भवन निर्माणको अन्तिम चरणमा पुगेपनि दुतावासले भुक्तानी नदिँदा ठेकेदार कम्पनीलाई मर्का परेको छ।

प्रहरी भवन निर्माणका लागि जग्गा दान

डोल्पाको धो–तराप उपत्यकामा नेपाल प्रहरीलाई भवन निर्माणको लागि जग्गा दान गरिएको छ। विश्वको सबैभन्दा अग्लो मानव बस्ती रहेको धो–तराप उपत्यकामा इलाका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका हुन।

जीर्ण भवनमा पठनपाठन

सोलुखुम्बुको नेचा–सल्यान गाउँपालिका ३ स्थित नेचा एपेक्स एकेडेमीले जोखिम मोलेर विद्यार्थी पढाइरहेको छ। कक्षा ५ सम्म पढाइ हुने एकेडेमीले चिराचिरा परेको भवनमा काठको टेको लगाएर विद्यार्थी पढाउँदै आएको छ।

रोल्पा प्रहरीको आधुनिक भवनको शिलान्यास

जिल्ला प्रहरी कार्यालय रोल्पाको भवन शिलान्यास गरिएको छ। २२ कोठे आधुनिक भवन निमार्णको शुक्रबार रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले शिलान्यास गरे।

अझै भएन संसद् भवन निर्माणको सुरु

सरकारले नयाँ संसद् भवन सिंहदरबारको पुतली बगैंचामा बनाउने भनिए पनि भवन निर्माणको सुरसार अझै गरेको छैन।

भवन तथा निर्माणसम्बन्धी प्रदर्शनी सुरु

भृकुटीमण्डपमा ‘भवन तथा निर्माण प्रदर्शनी २०७५’ सुरु भएको छ। सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार प्रदर्शनीको उद्घाटन गरेका छन्।

एक करोडको लागतमा गाउँपालिका भवन निर्माण

जिल्लाको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करिब रु एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ। सङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिले भवन अभावका कारण महाभारत गाउँपालिकाको वडा नं ६ स्थित चौरमा नै उभिएर शपथग्रहण गरेका थिए।

चार वर्षमा पनि बनेन अस्पताल भवन

गुठिचौर गाउँपालिकाकी लक्ष्मी बुढा आमाको उपचारका लागि एक हप्ताअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगिन्। उनले आमाको उपचारका लागि छानेर चिकित्सक पाइन्, नियमित चिकित्सकको निगरानी देखिन्, अस्पतालको खटिएका कर्मचारीको रेस्पोन्स पनि राम्रो देखिन्, तर नजिकैको जलेको भवन देख्दा झस्किइन्।

सम्पदा क्षेत्रमा लागू नहुने

काठमाडौं महानगरपालिकाले भवन निर्माणमा ल्याएको नयाँ मापदण्ड सम्पदा क्षेत्रमा लागू नहुने भएको छ ।

सिभिल अस्पतालमा सवा सय शय्याको नयाँ भवन बन्ने

सिभिल अस्पताल निर्माण गरिदिएको चीन सरकारले अस्पतालको स्तरोन्नती परियोजनाअन्तर्गत १ अर्ब ३१ करोडमा आधुनिक सेवा सहितको १ सय १७ शय्याको नयाँ भवन बनाइदिने भएको छ।

चार वर्षमा भवनकाे जगमात्र

तत्कालीन जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सदरमुकाममा एक व्यक्तिको निजी घरबाट सञ्चालन भइरहेको छ।

लाप्राक पुनर्निर्माण छिटाे सक्न एनअारएनएलार्इ अाग्रह

राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवालीलेगोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको काम तत्काल सम्पन्न गर्न  अग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्