६ आश्विन २०८१ आइतबार
image/svg+xml

पर्वतारोहण संघको अत्याधुनिक भवन तयार

विगत तीन वर्षदेखि मासिक एक लाख ३५ हजार भाडामा कार्यालय सञ्चालन गर्दै आएको संघले नयाँ केन्द्रीय सचिवालयको अत्याधुनिक भवन बनाएको हो।

अपराधी कुनै हालतमा छुट्दैनन् : डिआईजी रिजाल

१ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी केदार रिजालले अपराधी कुनै पनि हालत नउम्किने बताएका छन्।

काठ कुहिएर विद्यालय भवन भत्कियो, दुई जना घाइते

छायानाथ रारा नगरपालिका वडा नम्बर दुई गमगढी बजारमा रहेको एक निजी विद्यालयको भवन भत्किदा दुई जना घाईते भएका छन्।

नयाँ विद्यालय भवन पाउँदा फुरुंग

पुनर्निर्माणपछि नयाँ भवन पाउँदा जयगणेश आधारभूत विद्यालयका अभिभावक तथा विद्यार्थी फुरुंग परेका छन्।

संसद् भवन निर्माण प्रक्रिया सुरु

दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ। ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो।

एकल महिला समूहको छहारी भवन

काठमाडौंको हात्तीगौंडामा एकल महिला समुहको चार तले छहारी भवन निर्माण सम्पन्न भएको छ। २०७२ सालमा सम्झौता भएको सो भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो। संस्थाको २५ औं रजतजयन्ती तथा भवन उटघाटन कार्यक्रम एकै पटक सम्पन्न गर्ने तयारी भइरहेको छ।

निर्माणाधीन मदन भण्डारी सभाहललाई रकम अपुग

उदयपुरमा निर्माणाधीन ‘त्रियुगामदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह’ भवनको निर्माण कार्य मध्यम चरणमा पुग्दैछ। जिल्लाको ‘आईकन प्रोजेक्ट’ मानिएको त्रियुगा नगरपालिका १३ साविक हवाई फिल्डस्थित थरुहट–उदयपुर रंगशाला परिसरसँगै निर्माणाधीन छ।

भारतीय सहयोगमा क्याम्पस भवनको निर्माण

भारत सरकारको सहयोगमा उदयपुरमा क्याम्पस भवन निर्माण गरिएको छ। ३ करोड २ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित चौदण्डीगढी नगरपालिकाको श्री आदर्श शिक्षा क्याम्पसको २ तले भवनको शनिबार सांसद नारायण खड्काले उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा उपस्थित थिए।

असनको सम्पदा नष्ट नगर्न स्थानीयको माग

असनस्थित पुरातात्विक महत्वको सम्पदा अभिताभ बुद्ध रहेको घरमा व्यापारिक भवन बनाउन लागिएकोमा स्थानीयले आपत्ति जनाएका छन्।

प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली

२६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता -याली’ को आयोजना गरेको छ। बबरमहलबाट शुरू भएको -याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

‘गाउँघर क्लिनिक’ भवन उद्घाटन

सोलुदुधकुण्ड नगरपालिका–२ फेरामा नेपाल मेड नेपाल गाउँघर क्लिनिकको भवन उद्घाटन गरिएको छ। नेपाल मेड, जर्मनीको करिब ४५ लाख रुपैयाँ लगानीमा निर्मित पाँचकोठे सो भवनको नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति आङगेलु शेर्पा, मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र जिल्ला अस्पताल फाप्लुका इन्चार्ज डा. मिङमार छिरिङ शेर्पाले हालै एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

विद्यालय निर्माणको रकम पार्टी कार्यकर्ताको खातामा

भूकम्प गएको चार वर्ष बित्यो। गोरखाको बारपाक केन्द्रबिन्दु रहेको भूकम्पले हजारौंको ज्यान र लाखौंको बास खोसेको थियो। भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थी अझै पनि टहरा र खुला आकाशमुनि पढ्न बाँध्य छन्। उदाहरणको रूपमा उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीस्थित बच्छलादेवी माविमा अझै पनि टहरामै पढाइ हुन्छ। भूकम्पले विद्यालय भवन भत्किएपछि जस्ताले बारेर पढाउँदै आइरहेको संरचना अझै परिवर्तन हुन सकेको छैन।

अझै बनेन भोजपुरमा अस्पताल, भुइँमै राखेर उपचार

सम्झौताअनुसार एक वर्षअघि नै सकिनुपर्ने ५० शैयाको भवन निर्माणको काम अहिलेसम्म ९० प्रतिशत त सकियो तर, पूर्णत पाउने ठेगान छैन। १० करोडमा ठेक्का सम्झौता भएको भवनको जिम्मा डाँफे सिद्धबाबा सगरमाथा जेभीले लिएको थियो। तर, ठेकेदार कम्पनीको लापरवाहीले एक वर्षअघि सकिनुपर्ने भवन अझै अधुरो छ।

स्थानीय तह अझै भवन विहिन

कार्यान्वयनमा आएको तीन वर्ष पुग्न लाग्दा समेत खोटाङका आठ स्थानीय तहले आफ्नो भवन बनाउन सकेका छैनन्। १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मात्र भवन बनाएर आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्दैआएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्