८ असार २०८१ शनिबार
image/svg+xml
समाज

अपराधी कुनै हालतमा छुट्दैनन् : डिआईजी रिजाल

पाँचथरको हिलिहाङको भालुचोकमा प्रहरी भवन शिलान्यास गर्दैै  डिआईजी केदार रिजाल । तस्बिर: गिरिराज/नागरिक

पाँचथर– १ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी केदार रिजालले अपराधी कुनै पनि हालत नउम्किने बताएका छन्। हिलिहाङ गाँउपालिका–१ अमरपुरको भालुचोकमा इलाका प्रहरी कार्यालय भवनमा शिलान्यास कार्यक्रम बोल्दै रिजालले यस्तो बताएका छन्।

उनले १ नम्बर प्रदेशका १४ जिल्लामा ५२ वटा प्रहरी भवन बनिरहेका जानकारी समेत दिए। रिजालले समयमा काम सक्न ठेकेदारलाई निर्देशन दिदैं नसके कारवाहि गर्ने चेतावनी दिएका छन्। नेपाल प्रहरी जनताको सुरक्षा र अपराधमा प्रतिवद्धत रहेको बताउँदै प्रविधि तथा अन्य सुविधा कमी भएपनि नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको उनको दाबी छ। एक महिनाअघि सोहि गाँउपालिकामा  १५ वर्षीया किशोरीको हत्याकाण्डको अनुसन्धानको उदारहण दिदैं रिजालले जतासुकै लुकेपनि अपराधीलाई उम्किन नदिने बताए। विभिन्न कार्यक्रममार्फत समुदायसँग मिलेर काम गरिरहेको उनको भनाई थियो। प्रहरीलाई भवन, प्रविधि, गाडीलगायतका सुविधा थपिदै लैजानुपर्ने आवश्यकता औल्याए।

उक्त भवन प्रदेश सरकारको सहयोगमा २ करोड खर्चिएर प्रहरीको भवन निमार्ण गर्न लागिएको हो। ठेक्का लागि सकेकाले अब काम अघि बढ्ने पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले जानकारी दिए।

प्रकाशित: ३१ जेष्ठ २०७६ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App