६ आश्विन २०८१ आइतबार
image/svg+xml

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

नेपाली सेनाले मुस्लिम र दलित समुदायका बालबालिका मात्र अध्ययन गर्ने एक जीर्ण विद्यालय भवन मर्मत–सम्भार गरी हस्तान्तरण गरेको छ।

गाउँपालिका भवनमा बम बिस्फोट

पाल्पाकाे रिब्दीकाेट गाउँपालिकाकाे भवनमा बम बिस्फाेट भएकाे छ। बिहिबार बिहान १:२५ बजे गाउँपालिकाकाे भवनमा बम बिस्फाेट भएकाे पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पाेखरेलले बताए।

खोटाङमा ब्लड बैंकको भवन उद्घाटन

खोटाङमा ब्लड बैंकको भवन निर्माण गरिएको छ। जिल्लामा रगतको अभाव परिपुर्तिका लागि जिल्ला अस्पताल परिषरमा चार कोठे ब्लड बैंकको भवन निर्माण गरिएको हो।

कब्जामुक्त जमिनमा सामुदायिक भवन

पर्साको पोखरिया नगरपालिकास्थित सेमरबारी चोकमा वर्षौंदेखि अनधिकृत भोगचलनमा रहेको जग्गा कब्जामुक्त भएपछि सामुदायिक भवन बनाउन थालिएको छ।

प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको उद्घाटन

महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन्। प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपियाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो। २०७४ असार २ गते भवन निर्माणको शुरुवात भएको थियो।

दलित बस्तीमा सेनाद्वारा सामुदायिक भवन निर्माण

सधैभरी बन्दुक भिरेर सुरक्षार्थ खटिने नेपाली सेना अचेल मटिहानीमा रहेको दलित (दुसाध) बस्तीमा सामुदायिक भवन निर्माणमा जुटेको छ। नेपाली सेना र स्थानीय बासिन्दाको सहयोग निर्माण हुन लागेको सामुदायिक भवनमा अहिले नेपाली सेनाका जवान खटिरहेको हेर्दा स्थानीयवासी खुसी भएका छन्।

सञ्चालन नहुँदै क्षमता विस्तार

राष्ट्रिय गौरवको आयोजनामध्येको निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र पार्किङ क्षमता बढ्ने भएको छ।

चेपाङबस्तीमा सामुदायिक भवन

भवन नहुँदा गाउँमा केही भेला, बैठक बस्नुप-यो भने कि चौतारा कि बारीका पाटाहरुमा बस्नुपर्ने बाध्यता थियो। अब चौतारामा बसेर भेला गर्नुपर्ने बाध्यता हटेको रोबाङ आमा समूहकी अध्यक्ष मनमाया चेपाङले बताइन्।

विद्यालय भवन निर्माणमा लापरवाही, बजेट आएर पनि काम भएन

खत्याड गाउँपालिका १० ह्याँग्लुमा रहेको महादेव माविको निर्माणाधीन दुई तले भवन एक वर्षदेखि अलपत्र छ। आर्थिक वर्ष २०७४/०७५ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग बिज्ञान भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिले सम्झौंता गरेको थियो।

६७ लाखको भवन शिलान्यास

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८, लक्ष्मणास्थित पूर्णहिरा माध्यामिक विद्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ। नागरिक दैनिकका संस्थापक अध्यक्ष एवं स्थानीय समाजसेवी हेमराज ज्ञवालीले स्थापना गरेको उक्त विद्यालयका लागि नयाँ भवन बनाउन लागिएको हो। शनिबार उक्त भवनको शिलान्यास गरिएको छ।

विद्यालय भवन निर्माण अलपत्र

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित सावित्रा माविको दुईकोठे भवन निर्माण अलपत्र परेको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७२ चैत ९ गते थालिएको एकतले भवन निर्माण बीचमै अलपत्र परेको हो।

नयाँ भवन बनेपछि पठनपाठन सहज

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खास्थित महेन्द्रोदय माविको नयाँ भवन निर्माण भएको छ। राष्ट्रिय पुनर्निमाण प्राधिकरणमार्फत प्राप्त ६१ लाख ४६ हजार रुपैयाँ लागतमा उक्त विद्यालयका लागि दुई तले चारकोठे भवन बनाइएको हो।

जनता आवास : जसको आफ्नै आवास उठ्यो

भूकम्पपछिको पुनर्निर्माणभित्रका थुप्रै समस्या बाँकी छन्। भूकम्पमा घर भत्किएका तथा लाभग्राही सूचीमा नाम नभएकाहरू, सम्झौता गर्न विविध कारणले रोकिएकाहरूको घर कहिले र कसरी बनाउने भन्ने चिन्ता थियो। यस्तैमा रसुवामा जनता आवास भन्ने कार्यक्रम यस वर्षदेखि भित्रियो। सहरी विकास तथा भवन डिभिजन कार्यालयको संयोजनमा सुरु भएको यो कार्यक्रम प्रभावकारी हुन नसक्दा अहिले धेरैले दुःख पाइरहेका छन्।

भक्तपुर नगरपालिकाले अस्पताल साञ्चालन गर्ने

नेपालमा पहिलो पटक भक्तपुर नगरपालिकाले अस्पताल सञ्चालन गर्न लागेको छ। ख्वप अस्पताल नामकरण गरिएको अस्पतालको भवन शिलान्यास बिहीबार एक कार्यक्रमबीच हुँदैैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्