२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

तिहारमा पुरानै भाका मीठा

हरेक वर्ष दर्जनौँ तिहारे गीत रेकर्ड हुने गरेको भए पनि सन् १९९१ मा तुलसी घिमिरेले बनाएको ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ बोलको गीतले अझै बजार तताइरहेको छ। हरेक वर्ष हरेक नाचगानमा यही गीतले राज गर्दै आएको छ। आशा भोसलेले गाएको यस गीतलाई तुलसी घिमिरेले नै लेखेका थिए भने रञ्जीत गजमेरले संगीत भरेका थिए।

तिहारको अवसरमा साहिलको ‘रक्सीको तालैमा’

तिहारको अवसर पारेर गायक साहिल खड्काले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै शब्द/संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज छ। ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन्।

स्वस्तिमाको लाइभ नृत्यसँगै ‘बुलबुल’को गीत

फिल्म ‘बुलबुल’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘खुद्राखुद्री’ बोलको गीतलाई फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो। भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ।

‘अब सबैका लागि गाउँछु’

वैष्णव जन तो तेने रे कहिए जे पीड पराई जाणे रे पर दुःखे उपकार करे तोये, मन अभिमान ना आणे रे अर्थात् सच्चा वैष्णव उही हो जो अर्काको पीडा बुझ्छ, जब अर्काको दुःखमा उपकार गरेपछि पनि आफ्नो मनमा कुनै अहंकार आउन दिँदैनन्।

आशिषको ‘पिरिम नलाउने’

आउँदै गरेको दसैँलाई लक्षित गर्दै ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ । आशिष सचिन र मेलिना राईको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन्।

१८ लाखमा खिचियो ‘बुलबुल’को गीत

स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेको फिल्म ‘बुलबुल’ले एक गीतको सुटिङका लागि मात्र १८ लाख खर्च गरेकोे छ।

बाल गीति एल्बम ‘थुलुङ’ लोकार्पण

थुलुङ राई भाषाको पहिलो बाल गीति एल्बम थुलुङ लोकार्पण गरिएको छ। थुलुङ राई भाषाको पाठ्याक्रम एबं पाठ्यापुस्तक तयार पारेर पठन–पाठन सुरु गरिएको केही समय पछि आवश्यक बाल गीति एल्बम तयार पारेर लोकार्पण गरिएको हो।

अरुणाको ‘प्रेम अधुरो’

राजधानीको चाबहिलकी अरुणा शाक्य बाल्यकालदेखि नै गीतसंगीतमा चासो राख्थिन् । विद्यालयमा हुने हरेक गायन प्रतियोगितामा सहभागिता जनाउने अरुणा आजकल कभर गीत गायनमा निकै सक्रिय छिन्।

संगीत यात्रामा शम्भुजित

संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटाको आगामी असोज १३ र १४ गते राजधानीमा ‘शम्भुजित स्वर्णिम सांगीतिक यात्रा २०१८’ हुने भएको छ।

पुसमा ‘बादशाह जुट’

सुटिङ सुरु भएको झण्डै पाँच महिना पछि फिल्म ‘बादशाह जुट’को इन्डक्ल्याप गरिएको छ। ललितपुरको श्रीकाली चौरमा फिल्मको एक गीतको छायांकनसँगै वैशाख १० गतेबाट सुटिङ सुरु भएको फिल्मको इन्डक्ल्याप गरिएको हो।

खतिवडाले ल्याए 'ढुकढुकी'

गीतकार नारायण खतिवडाले ‘ढुकढुकी गीति संग्रह बजारमा ल्याएका छन्। निजामति सेवासँगै लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय रहँदै आएका खतिवडाले शनिवार बालदिवसको अवसरमा बाबु आमा नभएका बालबालिकाको हातबाट आफ्नो एल्वम विमोचन गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्