काठमाडौं – आउँदै गरेको दसैँलाई लक्षित गर्दै ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ । आशिष सचिन र मेलिना राईको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन् । पछिल्लो समय फिल्म ’छक्का पञ्जा ३’ मा समावेश गीत पहिलो नम्बरमा मार्फत चर्चामा रहेका दीपकले गीतलाई फिल्मी शैलीमा कम्पोज गरेका छन् ।
गीतमा शब्द पनि उनकै रहेको छ । दसैँको माहोल झल्किने गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउतले अभिनय गरेका छन् । आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका छन् । गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने यसको सम्पादन नविन निरौलाले गरेका हुन् । गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायासँगको भेटलाई दर्साइएको गीतको कोरियोग्राफी गम्भीर बिस्टले गरेका हुन्।
प्रकाशित: २४ आश्विन २०७५ ००:२१ बुधबार