काठमाडौं - गायक जीतबहादुर खड्का ‘आइयो नौलो गाउँ’ बोलको युगल गीत लिएर साङ्गीतिक बजारमा आएका छन्। यसअघि ‘पूर्वैमा प-यो दार्जिलिङ शहर’ बोलको लोकगीतबाट मनग्ये प्रशंसा बटुलेका दोलखाका गायक खड्कालाई यस गीतमा गायिका सीता थापाले साथ दिएकी छन् । खड्काकै शब्द रहेको गीतमा सहदेव कोइरालाको सङ्गीत रहेको छ।
बागिना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको सो गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन्। रेशम दर्लामीको छायांकन रहेको भिडियोमा मोडल करिश्मा, काजिश, आयुष्मा र प्रेमको मोडलिङ रहेको छ।
प्रकाशित: २२ आश्विन २०७५ ०७:१३ सोमबार