२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

अरुणाको ‘प्रेम अधुरो’

काठमाडौं – राजधानीको चाबहिलकी अरुणा शाक्य बाल्यकालदेखि नै गीतसंगीतमा चासो राख्थिन् । विद्यालयमा हुने हरेक गायन प्रतियोगितामा सहभागिता जनाउने अरुणा आजकल कभर गीत गायनमा निकै सक्रिय छिन्।

रेडियो नागरिकको कार्यक्रम ‘कभर्ड’को दोस्रो शृंखला ‘कभर्ड २’ मा अतिथिका रुपमा आएकी अरुणाले एक्सिस ब्यान्डको गीत ‘अधुरो प्रेम’लाई कभर गीतका रुपमा प्रस्तुत गरिन् । उनलाई विद्या महातेले वाद्यवादनमा साथ दिएका थिए।

अरुणा ‘कभर्ड २’मा सहभागिता जनाउँदा खुशी छिन् । ‘पछिल्लो समयमा धेरै युवाहरू कभर गीत गाउन आकर्षित भइरहेका छन् । तर उनीहरूलाई उपयुक्त प्लेटफर्मको खाँचो छ,’अरुणाले भनिन्,‘यो अवस्थामा रेडियो नागरिकले हामीलाई त्यो प्लेटफर्म दिएको छ । संगीतमा करियर बनाउन चाहने हामी युवाका लागि यो खुशीको कुरा हो ।’ उनले रेडियोको कार्यक्रम आफ्ना लागि निकै प्रभावकारी रहेको बताइन्।

गीत लेख्न रुचि राखे पनि अरुणा अन्य गायक गायिकाको गीतलाई नै कभर गीतका रुपमा प्रस्तुत गर्न रुचाउँछिन् । ‘म गीत पनि लेख्छु । तर गीत लेख्दै जाँदा बीचैमा रोकिन्छु । अनि त्यहाँबाट गीत अघि बढ्दैन,’उनले हाँस्दै भनिन्,‘त्यही कारण म नयाँ तथा पुराना स्रष्टाहरूको गीतलाई कभर गाएर युट्युबमा राख्छु।’

बिबिएको अध्ययन पूरा गरेकी अरुणा भविष्यमा पढाइसँगै संगीतलाई पनि अगाडि बढाउन चाहन्छिन् । ‘मेरो परिवार सांगीतिक माहौलमा रमाउँछ । त्यस्तो माहौलमा जन्मिएकी म पनि यस्तो माहौललाई किन छुटाउँथे,’अरुणाले खुलाइन्,‘स्कुलमा गीत गाइरहँदा साथीभाइ तथा आफन्तले स्वर राम्रो छ भन्दै हौस्याउँथे । त्यही कारणले पनि गीत गाउन आकर्षित भएँ ।’ उनले रेडियो नागरिक अघि ‘एमएन्डएस’ मा पनि सहभागिता जनाइसकेकी छन्।

 

प्रकाशित: १६ आश्विन २०७५ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App