२० आश्विन २०८१ आइतबार
image/svg+xml

तीज गीतको तीर

महिनौँअघिदेखि तीज पर्वको उल्लास स्वदेशमा मात्र नभएर विदेशमा समेत बढिरहेको अवस्थामा नेपालका केही महिलावादी यो पर्व नै उखेलेर फ्याँक्नुपर्ने आवाज उठाइरहेछन्।

नवीन संघर्षको ‘माया रेलैमा’

राजु कार्कीको संगीत संयोजन रहेको गीतमा ‘सुख बिसाउने ठाउँ विदेशमा नभै स्वदेशमै भएकाले आफ्नै ठाउँमा रम्नुपर्ने’ जोडी मायालुबीचको प्रेमालाप सुन्न सकिन्छ। गत मंसिर यता आफ्नै शब्द र संगीतमा ‘गाउँघर छाडी आएँ (मारुनी), छातीमा देश बोकेको (स्वदेश गान) र ‘दिक्तेल बजारमा’ बोलको गीत बजारमा ल्याइसकेका नवीनले अर्को पूर्वेली लोकगीत सार्वजनिक गरेका हुन्।

बिबि अनुरागीको‌ तीज गीत 'रुममै नाचिन्छ, जुममै नाचिन्छ'

वरिष्ठ संगीतकार बिबि अनुरागीको‌ संगीतमा 'रुममै नाचिन्छ, जुममै नाचिन्छ' बोलको‌ तीज गीत सार्वजनिक भएको छ। उक्त गीत अनुरागी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

राजु परियारको शब्दमा उमा श्रेष्ठको मौलिक तीज गीत 'तिजैको मेला'

राजु परियारको शब्दमा उमा श्रेष्ठको तिजैको मेला गीत सार्वजनिक भएको छ। नेपाली सांगीतिक बजारमा विभिन्न किसिमका गीतहरु आउने क्रम जारी छ।

राष्ट्रिय दोहोरीगीत प्रतिष्ठानद्वारा दुर्गेश थापालाई बहिष्कार गर्ने तयारी

गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाएका छन्। प्रतिष्ठानले गरेकाे आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कारको निर्णयमा पुगेको बताइएकाे छ।

शिवराज गुरुङकाे 'कहाँ होला मेरो मायालु' सार्वजनिक

गायक शिवराज गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले 'कहाँ होला मेरो मायालु' बोलको गीत सार्वजनिक गरेका हुन्। उनलाई गीतमा गायिका मेलिना राईले साथ दिएकी छन्।

प्रकाश सपूतको नयाँ तीज गीत ‘जिन्दगी यस्तै नै रहेछ’ सार्वजनिक

कलाकार प्रकाश सपूतको ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ। नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सिन्चुरी र अजय कार्कीको स्वर रहेको छ।

भोलि भक्तपुरमा अरुण थापा सांगीतिक कार्यक्रम हुने

भक्तपुर सांगीतिक समाजले सदावहार गायक अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम गर्ने भएको छ।

संगीतकार बाँस्कोटाद्वारा 'एनआरएन द सिङ्गर'मा भाग लिन आह्वान

वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई 'एनआरएन द सिङ्गर'मा भाग लिनका लागि आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृङ्खला 'प्रवासी प्रवाह' मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्।

मैथिली लोकगीतमा छोरी जन्मप्रतिको व्यथा कथा

कोरोनाको भयावह अवस्था छ। जिल्लाहरूमा निषेधाज्ञा लागू छ। अनावश्यक रूपमा घरबाट ननिस्कन भनिएको छ। विवाहको लगन छ। भीडभाडको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले अधिकतम २५ जनासम्म जन्ती लग्न नियम पारित गरेको छ। धनुषामा झन् १५ जना मात्र भनिएको छ। बाहिरका कसैलाई नलगे पनि घर–परिवार र कुटुम्ब नै त्यसभन्दा बढ्ता हुन्छन्। तर आदेश मान्ने प्रयास गरिएकै हो।

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

नेपाली संगीतका चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले आज फेसबुक पेजमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

संगीत चर्चाः आशिषको अविरल यात्रा

संगीतकार, गायक, संगीत संयोजक, वाद्यवादक–आशिष अविरलको परिचय फराकिलो छ। अविरलले अहिलेसम्म दुई सय हाराहारी गीतमा संगीत दिएका छन् भने चार–पाँच हजारको हाराहारीमा संगीत संयोजन गरेका छन्। आफूले संगीत तथा संगीत संयोजन गरेका कतिपय गीतमा उनले सहनाईलगायत पञ्चेबाजा बजाउने गर्छन्। यहाँ अविरल स्वयंले मनपराएका उनका पाँच गीतको चर्चा गरिएको छ।

संगीतले डोर्‍याएको अनुरागी जीवन

संगीतले दुःख बिर्साउँछ। मानिसको मनलाई सुरमा बाँधेर राख्ने शक्ति संगीतमा हुन्छ। ‘संगीत मानवीय समवेदना र जीवनका हरेक परिस्थितिको सबैभन्दा प्रिय साथी पनि हो। संगीत बिनाको संसार उजाड र कुरूप हुन्छ’, उनले भने।

रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता

प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पुर्‍याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे।

गायक ओमकृष्ण श्रेष्ठको नयाँ गीत 'हेरन' सार्वजनिक

गायक ओमकृष्ण श्रेष्ठको आवज रहेको नयाँ गीत ‘हेरन’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दिपक आरजेको शब्द तथा संगीत रहेको छ। अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत संगीतमा लागि परेका श्रेष्ठले सन् २००२ मा पहिलो गीत रेकर्ड गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्