coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नवीन संघर्षको ‘माया रेलैमा’

खोटाङका युवा गीतकार एवम्ं संगीतकार नवीन संघर्षले ‘माया रेलैमा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका गीतकार एवं संगीतकार नवीनले आफ्नै शब्द र संगीतमा गायिका तारा श्रीस र गायक प्रदेश राईको स्वरमा पूर्वेली लोकगीत सार्वजनिक गरेका हुन्।

स्टुडियो किङ काठमाडौँमा रेकर्ड गरिएको गीत स्टुडियो किङकै यूटुबबाट सार्वजनिक गरिएको हो। राजु कार्कीको संगीत संयोजन रहेको गीतमा ‘सुख बिसाउने ठाउँ विदेशमा नभै स्वदेशमै भएकाले आफ्नै ठाउँमा रम्नुपर्ने’ जोडी मायालुबीचको प्रेमालाप सुन्न सकिन्छ। गत मंसिर यता आफ्नै शब्द र संगीतमा ‘गाउँघर छाडी आएँ (मारुनी), छातीमा देश बोकेको (स्वदेश गान) र ‘दिक्तेल बजारमा’ बोलको गीत बजारमा ल्याइसकेका नवीनले अर्को पूर्वेली लोकगीत सार्वजनिक गरेका हुन्।  

हाल काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित सिर्जनशिल जनता माविमा कार्यरत नवीन सांगीतिक क्षेत्रमा समेत आफ्नो परिचय बनाउन संघर्षरत छन्। हालसम्म बजारमा आएकामध्ये नवीनका ‘जंघार तरि नजानु है, नेपाली हुँ भन्ने हाम्रो छाती हुनुपर्छ, आमा, जीन्दगी’ श्रोताले बढी रुचाएका गीत हुन्। उनका दर्जनौं गीत पाण्डुलिपिमा सुरक्षित छन्। त्यी गीतहरु क्रमशः रेकर्ड गर्दै सार्वजनिक गरिने गीतकार एवम्ं संगीतकार नवीनले बताए। २०६८ सालमा संगीतकार भीमसेन राईको सोलो कम्पोज रहेको एल्बम बेस क्याम्पमा समावेस ‘जंघार तरि नजानु है’ बोलको गीतमार्फत् नवीनले नेपाली गीतसंगीतको औपचारिक यात्रा सुरु गरेका हुन्।

प्रकाशित: ११ भाद्र २०७८ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App