७ वैशाख २०८१ शुक्रबार
कला

भोलि भक्तपुरमा अरुण थापा सांगीतिक कार्यक्रम हुने

भक्तपुर सांगीतिक समाजले सदावहार गायक अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम गर्ने भएको छ। गायक थापाको २२ औं स्मृति दिवसको अवसर पारेर समाजले स्व.अरुण थापा स्मृति दिवस–सांगीतिक श्रद्धाञ्जली कार्यक्रमलाई निरन्तरता दिने भएको हो। कार्यक्रम साउन ५ गते मंगलबार दिउँसो १ बजे हुने जनाइएको छ।  

गीतसंगीतमार्फत सदावहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम तय भएको समाजका सचिव अल्बर्ट बज्राचार्यले बताए। सचिव बज्राचार्यका अनुसार सो कार्यक्रम भक्तपुर दुधपाटीको भार्वाचो गेटस्थित होटल ‘दि तिशा इन’ मा सम्पन्न गरिने तयारी रहेको छ। भक्तपुरमा विगत ३ वर्षदेखि निरन्तररुपमा अरुण थापाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको समाजले यो वर्ष पनि यसलाई निरन्तरता दिएको कार्यक्रम संयोजक समेत रहँदै आएका सचिव बज्राचार्यले बताए।

कार्यक्रममा गीतसंगीत क्षेत्रमा विशिष्ठ योगदान दिएका र गीतसंगीतका विशिष्ठ पारखीहरुको भौतिक उपस्थिति रहने समाजका अध्यक्ष एवं गायक प्रविण शाहीले जनाएका छन्। कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उनले संख्यात्मक रुपमा थोरै मानिसहरुको उपस्थिति रहे पनि गुणात्मक रुपमा कार्यक्रम भब्य गर्ने तयारी गरिएको बताए।

संस्थाका उपाध्यक्ष एवं गायक कपिल कस्पालले कार्यक्रम जनसंचार टिभीमार्फत घरमै बसेर हेर्न सकिने तथा समाजको फेसबुक र युट्युब च्यानलमार्फत जहाँ बसेर पनि प्रत्यक्ष प्रसारण हेर्न सकिने प्रबन्ध मिलाइएको बताएका छन्। कार्यक्रमको स्पोन्सर गुडविल कन्सल्टले गरेको छ भने फोटोग्राफ पार्ट्नर क्याप्चर मोसन नेपाल र साउण्ड पार्टनर आराधना समूह रहेको छ।

अरुण थापाको जन्म विक्रम सम्बत २००८ सालमा भारतको कलकत्तामा भएको थियो। उनको मृत्यु २०५६ साउन ५ गते भएको थियो। अरुण थापा ३ वर्षको हुँदा उनको परिवार नेपाल बसाईं सरेर बस्न थालेको हो। उनी नेपालमै हुर्किए। स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए। प्रेम र बिबाह दुबैमा असफल गायक थापाका अनेकौं किस्सा सुन्नमा पाइन्छ। उनको व्यक्तिगत जीवन छोटो भए पनि सांगीतिक जीवन भने अमर अजर रहेको छ।

प्रकाशित: ४ श्रावण २०७८ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App