coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बिबि अनुरागीको‌ तीज गीत 'रुममै नाचिन्छ, जुममै नाचिन्छ'

वरिष्ठ संगीतकार बिबि अनुरागीको‌ संगीतमा 'रुममै नाचिन्छ, जुममै नाचिन्छ' बोलको‌ तीज गीत सार्वजनिक भएको छ। उक्त गीत अनुरागी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

गीतमा स्वर लोकप्रीय गायीका ज्योति मगरको‌ आवाज रहेको छ। गीतको रचना सिद्धहस्त गीतकार सुमन श्रापितले गरेका हुन्।  

गीतको रचनामा कोरोना कहरमा भीडभाड नगरी आफ्नो घरमै बसौं, रुममै नाचौं भन्ने विषयलाई उठाईएको छ। यसपाली रुममै नाचौ अनि जुममै नाचौ र तीज मनाऔँ भनेर गीत मार्फत सामाजिक सन्देश प्रवाह गरिएको‌ छ।

गीतको संगीत संयोजन श्यामश्वेत रसाईलीको रहेको छ।‌ प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको यो गीतका रेकर्डिष्टहरु कलम थापा, गोबिन्द अनेक र किरण बिश्वकर्मा रहेका छन्। भने गीतको माष्टरिङ श्यामश्वेत रसाईलीको रहेको छ।

गीतमा गायिका ज्योति मगर, उत्साह घिमिरे, बिबि अनुरागी श्यामश्वेत रसाइली, सुकुराम रसाइली, कमल कुमार बिश्वकर्मा, गोबिन्द अनेक, कमल थापा, आदर्श बिश्वकर्मा, किरण बिश्वकर्मा, निशान्त बिश्वकर्मा आदिको अभिनय रहेकाे छ। 

प्रकाशित: १० भाद्र २०७८ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App