२६ पुस २०८१ शुक्रबार
image/svg+xml

क्या सुन्दर तिम्बु पोखरी (फोटो फिचर)

पछिल्लो समयमा पूर्वी पहाडका जिल्लामा चर्चित रहेको प्राकृतिक रुपमा अत्यान्त आर्कषक तिम्बु पाखेरी क्षेत्रको पदयात्रा गर्ने सिजन चलिरहेको छ। पाँचथर र ताप्लेजुङको सिमानामा समुन्द्र सतहदेखि ४ हजार ४ सय ८० मीटर उचाईमा रहेको तिम्बु पाखेरी र आसपासका हिमाली क्षेत्रको आर्कषक दृष्यमा घुम्न जानेको संख्यामा बर्षेनी बढोत्तरी भईरहेको छ।

क्यानभासमा हिमाली संस्कृति

हिमाली भेगमा बसोबास गर्ने मानिसको फरक धारणालाई कलामार्फत प्रस्तुत गर्न खोजेको उनले बताइन्। ‘हुम्लामा जन्मिएर हुर्किएको हुँदा मेरो कलामा त्यहाँको प्रभाव धेरै छ।

हिमाली जिल्ला जोखिम

अन्यत्रको तुलनामा निकै कम पानी पर्ने हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय भने सामान्य वर्षाले पनि भीषण बाढीको रूप निम्त्याउने गरेको छ।

डोल्पाका ज्योति

हिमाली भेकमा बोन धर्मावलम्बीको बसोबास छ। बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवो हुन्। बोन धर्म १८ हजार ३६ वर्षअघि सुरु भएको थियो। संसारका सबै प्राणीलाई दुःखबाट रक्षा गर्ने धर्मलाई युङडुङ बोन धर्म भनिन्छ।

सोलुमा तीन दिनदेखि आवागमन ठप्प

हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनदेखि आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै मौसम प्रतिकूल बनेपछि सडक तथा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।

मासिँदै हिमाली पर्यावरण

खासमा यार्चा पहाडी र हिमाली क्षेत्रको आर्थिक अवस्था उकास्ने बलियो माध्यम हो। आर्थिक आर्जनसँग जोडिएको यार्चागुन्बु पछिल्लो समय हिमाली क्षेत्रको वातावरण विनाशको कारक पनि बन्दैछ। वैज्ञानिक ढंगले यार्चागुन्बु टिप्ने नीति अभावले डोल्पाका पाटनहरू मरुभूमिमा परिणत हुने खतरा बढ्दै गएको छ।

भाइरल ज्वरोले दुई गाउँ प्रभावित, एकको मृत्यु

हिमाली गाउँपालिका वडा नं. ५ को क्युडी र वडा नं. ६ को पाडीमा भाइरल ज्वरो फैलिएको छ। एकाएक फैलिएको संक्रमणका कारण दुई गाउँ पूरै प्रभावित भएको स्थानीयले बताएका छन्।]

मौसमी रोगका बिरामी बढे , भाइरल ज्वरोले एकको मृत्यु

जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ। भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए। मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ। मृतक बुढाको १८ गते मृत्यु भएको हो।

मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित

आठ महिनाको यो अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। हिमाली क्षेत्रमा फागुनसम्म ५.५ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रको आर्थिक तथा वित्तीय स्थितिको मासिक प्रतिवेदनमा उल्लेख छ।

भोकभोकै मरे भेंडाच्यांग्रा

बाक्लो हिमपातले चरनसमेत पुरिएपछि हिमाली जिल्ला मुस्ताङमा सयौंको संख्यामा भेंडाच्यांग्रालगायत पशु मरेका छन्। लोमान्थाङ गाउँपालिकाको चुङजुङका किसानले पालेका भेंडाच्यांग्रा मरेका हुन्। गाउँका चारजना किसानले पालेका ती भेंडाच्यांग्रा मरेको स्थानीयले बताए। पशु मरेपछि किसानले ठूलो क्षति भोग्नु परेको छ।

देशैभर हिमपात (फोटोफिचर)

देशैभर उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यका नजिकै रहेका पहाड फुलचोकी, शिवपुरी, नगरकोट, चन्द्रागिरीमा भारी हिमपात भएको छ।

हिमपातले जनजीवन कष्टकर

हिमपात नरोकिएपछि हिमाली जिल्लाको अझै सामान्य बन्न सकेको छैन। कतिपय गाउँ अझै विद्युत् र सञ्चार सेवाबाट प्रभावित छन्। स्थलमार्ग र हवाई सेवा पूर्णतया अवरुद्ध छन्। सडक, विद्युत् र सञ्चार सेवा नियमित गर्ने प्रयास भइरहे पनि हिउँ पर्न नरोकिएकाले झनै चुनौती थपिएको प्रशासनले बताएको छ।

पश्चिम पहाडमा हिमपात, राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो।

हिमालपारि ताल जम्ने चिसो

हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।

मनाङमा माइनस २१ डिग्री

हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ। बजार र गाउँ सबैतरि सुनसान भएको प्रशासनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्