१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित

काठमाडौं–चालु आर्थिक वर्षको दोस्रो चौमासमा उपभोक्ता मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको यस अवधिमा यस्तो वृद्धिदर ६ प्रतिशत थियो।

चालु आर्थिक वर्षको फागुनमहिनासम्म खाल् तथा पेय पदार्थ समूहको मूल्य वृद्धि २.२ प्रतिशत रहेको छ भने गैरखाद्य वस्तुको मूल्यवृद्धि ५.८ प्रतिशत छ।

आठ महिनाको यो अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। हिमाली क्षेत्रमा फागुनसम्म ५.५ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रको आर्थिक तथा वित्तीय स्थितिको मासिक प्रतिवेदनमा उल्लेख छ।

पहाड र काठमाडौं उपत्यकामा मूल्यवृद्धि उस्तै छ। उक्त क्षेत्रमा यस अवधिमा ४.६ प्रतिशत छ। तराईमा सबैभन्दा कम छ। तराईमा ३.६ प्रतिशत मूल्यवृद्धि रहेको उक्त प्रतिवेदनले जनाएको छ। 

चालु आवको यो अवधिमा थोक वस्तुको मूल्यस्फीति ०.५ प्रतिशतले बढेको देखाएको छ। त्यस्तै पेट्रोलियम पदार्थ, तयारी पोसाक, यातायात तथा उपकरण र पार्टसलगायत वस्तुको मूल्य पनि बढेको छ। 

 

प्रकाशित: ३ वैशाख २०७६ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App