झुट चिन्तन
बच्चाले जब सत्य बोलेर दण्ड पाउँछ र झुटो बोलेर बच्न सफल हुन्छ, त्यही क्षण झुट व्यावहारिक रूपमा उपयोगी बन्न थाल्छ ।

बच्चाले जब सत्य बोलेर दण्ड पाउँछ र झुटो बोलेर बच्न सफल हुन्छ, त्यही क्षण झुट व्यावहारिक रूपमा उपयोगी बन्न थाल्छ ।
फसाउने अनि फस्ने आफन्त नै हुन्, मिठो दिई घाँटी कस्ने आफन्त नै हुन्।
काँडाको होइन, वचनको खाटो बसेको हो,देख्नेले त भन्छन् खिल झिकेको छ।
अहिले विश्व नै एउटा गाउँको रूपमा विकास भएको छ। यो सबै विज्ञान र प्रविधिको कारण सम्भव भएको हो।
कम बोल्ने मानिस प्रायः गहिरो सोच्ने र बुझ्ने स्वभावका हुन्छन्। मौनता कमजोरी होइन, आत्मसंयमको शक्ति हो।
जलवायु परिवर्तन र प्राकृतिक क्षतिको मामिलामा अहिले बजार, बिमाकर्ता, ऋणदाता र रेटिङ एजेन्सीहरूले संक्रमणलाई जबर्जस्ती अघि बढाइरहेका छन्।
बढ्दो मागलाई सम्बोधन गर्न दशकौंदेखि कृषि क्षेत्रले उच्च उत्पादन दिने बाली विकास गर्दै आएको छ।
मास्टरशेफ इन्डियामा देखिएको एक नेपाली सेफको प्रेरणादायी यात्राले सीमा र कूटनीतिभन्दा पर गहिरो रूपमा जरा गाडेका जनस्तरका सम्बन्ध, साझा संस्कृति र दैनिक जीवनको सहानुभूतिले भारत-नेपाल सम्बन्धलाई कसरी परिभाषित र सुदृढ गर्दै आएको छ भन्ने कुरा उजागर गर्छ।
आधुनिक सभ्यताको सबैभन्दा गहिरो अनुभव अस्थिरता हो। रोजगारी, सम्बन्ध, पहिचान, राज्य, विचार र नैतिकता सबै तरल छन्।
हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्।
लगातारको हिमपातले हिमाली जिल्लामा जनजीवन कठिन बनेको छ। अघिल्लोपटक परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात भएपछि हिमाली जिल्लावासीको दिनचर्या अस्तव्यस्त बनेको छ। उच्च हिमाली भेगमा महिना दिनदेखि आउजाउ रोकिएको छ।
भारी हिमपातपछि थुप्रिएको हिउँ नपग्लिँदा हिमाली जिल्लाको कष्टकर दैनिकी कायमै छ। अत्यधिक चिसोका कारण हिउँ कडा चट्टानजस्तै भएर जमेको छ। उत्तरी हावाले पनि त्यहाँका बासिन्दाको जनजीवनमा असर पु-याएको छ। हिउँ पग्लिन कम्तीमा एक साता लाग्ने स्थानीय प्रशासनले जनाएको छ।
हिमपात नरोकिएपछि हिमाली जिल्लाको अझै सामान्य बन्न सकेको छैन। कतिपय गाउँ अझै विद्युत् र सञ्चार सेवाबाट प्रभावित छन्। स्थलमार्ग र हवाई सेवा पूर्णतया अवरुद्ध छन्। सडक, विद्युत् र सञ्चार सेवा नियमित गर्ने प्रयास भइरहे पनि हिउँ पर्न नरोकिएकाले झनै चुनौती थपिएको प्रशासनले बताएको छ।
हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।
