६ वैशाख २०८१ बिहीबार
सुशीलबाबु थकाली


सुशीलबाबु थकालीका लेखहरु :

हिमपातले मनाङ र मुस्ताङ सेताम्य (फोटो फिचर)

हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्।

हिमाली जिल्लामा हिँडडुल नै ठप्प

लगातारको हिमपातले हिमाली जिल्लामा जनजीवन कठिन बनेको छ। अघिल्लोपटक परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात भएपछि हिमाली जिल्लावासीको दिनचर्या अस्तव्यस्त बनेको छ। उच्च हिमाली भेगमा महिना दिनदेखि आउजाउ रोकिएको छ।

हिउँ नपग्लँदा कठिनाइ

भारी हिमपातपछि थुप्रिएको हिउँ नपग्लिँदा हिमाली जिल्लाको कष्टकर दैनिकी कायमै छ। अत्यधिक चिसोका कारण हिउँ कडा चट्टानजस्तै भएर जमेको छ। उत्तरी हावाले पनि त्यहाँका बासिन्दाको जनजीवनमा असर पु-याएको छ। हिउँ पग्लिन कम्तीमा एक साता लाग्ने स्थानीय प्रशासनले जनाएको छ।

हिमपातले जनजीवन कष्टकर

हिमपात नरोकिएपछि हिमाली जिल्लाको अझै सामान्य बन्न सकेको छैन। कतिपय गाउँ अझै विद्युत् र सञ्चार सेवाबाट प्रभावित छन्। स्थलमार्ग र हवाई सेवा पूर्णतया अवरुद्ध छन्। सडक, विद्युत् र सञ्चार सेवा नियमित गर्ने प्रयास भइरहे पनि हिउँ पर्न नरोकिएकाले झनै चुनौती थपिएको प्रशासनले बताएको छ।

हिमालपारि ताल जम्ने चिसो

हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।

‘अवरोध नभए पाहुना पुग्छन्’

'सिन्डिकेट’ अवरोधमा कुनैबेला सर्वाधिक ‘बदनामी’ कमाएको जिल्ला हो मुस्ताङ । स्थानीय यातायात व्यवसायीले लादेको सिन्डिकेटका कारण त्यो बेला मुस्ताङ पुगेका धेरै पर्यटकले पाउनुसम्मको सास्ती पाए।

सडक सम्पर्कबाट जोमसोम विच्छेद

न्यून वर्षा हुने हिमालपारिको जिल्ला मुस्ताङमा अहिले दिनहुँजसो वर्षा भइरहेको छ। निरन्तरको वर्षाले हिमाली जिल्लमा बाढीपहिरो निम्त्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्