८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेकपा एसले असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने

भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो।

एक सातापछि सञ्चालनमा आयाे अवरुद्ध टेलिफोन सेवा

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ।

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँः उपप्रधानमन्त्री श्रेष्ठ

भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडाँै महानगरपालिकाले आज भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताए।

अब ‘पर्यटन क्रान्ति’

नेपालको हिमाली जिल्लाहरूमा भइरहेको अतिवृष्टि, खेतापातीमा आइरहेको समस्याका कारण हिमाली भेगका प्राकृतिक छटाहरू भने क्रमानुसार मेटिँदै गइरहेका छन्।

मानव कल्याणमा जोडिएको भूगोलको स्वास्थ्य

देशभर गर्मी बढेको खबरले छापामा प्राथमिकता पाएको देखियो। विभिन्न सहरमा तापक्रमले नयाँ रेकर्ड राख्यो। अत्यधिक गर्मीका कारण बालिनाली सुकेकादेखि लु लागेर मानिस मरेकासम्म खबर आए।

सडक सञ्जालमा कहिले जोडिएला हुम्ला सिमकोट

भौगोलिक विकटता र चट्टानयुक्त भूगोलका कारण हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन कम्तिमा अझै १ वर्ष लाग्ने भएको छ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै

कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो।

पुर्चौडीमा वडा संख्या बढाउन सिफारिस

बैतडीको पुर्चौडी नगरपालिकाले वडाका संख्या बढाउने भएको छ। नगर कार्यपालिकाको पहिलो बैठकले तीनवटा वडा थप्ने निर्णय गरेको हो।

जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अध्ययन हुँदै

त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले दक्षिण एशियाको जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अन्य मुलुकसँगको सहकार्यमा अनुसन्धान सुरु गरेको छ।

कतै बिकेन, कतै पुगेन

भूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्य देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको छ।

विद्यावत सहरको परिकल्पना

नेपालको कुनै ठोस भूगोलमा ज्ञानजन्य समाज र अर्थतन्त्रको सघन पर्यावरण बनाउन सकिन्छ। यसका लागि ‘विद्यावत सहर’ अभियान अगाडि बढाउन सकिन्छ। हामीले विद्यावत सहर भनेको ‘सुनका फुल पार्ने हाँस’ भनेर बुझ्नुपर्छ। त्यस्तै, सुनका फुल भनेर अनेकौँ विद्यावत संस्थाहरूलाई बुझ्नुपर्छ, जसको साझा उपस्थितिले उक्त विद्यावत सहरको समाज, वातावरण, अर्थतन्त्र र सभ्यतालाई उन्नत बनाउँछ।

सुविधा थोरै, सास्ती धेरै

‘प्राविधिक अध्ययनबिनै डोजरले खनेका सडक बर्खा सुरु हुनेबित्तिकै अवरुद्ध भइहाल्छन्। भूगोलको अवस्था र प्राविधिक अध्ययनबिनाका सडकका कारण जनताले सुविधाभन्दा सास्ती धेरै पाएका छन्।’

दर्शन डोल्पोको, आर्जन शान्तिको

भूगोलका हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला–डोल्पा । पर्यटकीय अभ्यासका दृष्टिले डोल्पालाई दुई भागमा बाँडिएको छ–लोअर डोल्पो सर्किट र अपर डोल्पो सर्किटका रूपमा । विदेशी पर्यटक तीन साताको अपर डोल्पो र दुई साताको लोअर डोल्पो सर्किटमा रमाउँछन् । नेपालीले भने १२ दिनमै लोअर सर्किट पूरा गर्छन् । रुचि, समय र खर्चका हिसाबले आन्तरिक पर्यटकका लागि लोअर डोल्पो सर्किट पदयात्रा बेस हुन्छ । यात्रामा फोक्सुन्डो ताल, नुमला र बगला भञ्ज्याङ, धो–तराप उपत्यका र दुनै बजारको सौन्दर्यपान गर्न पाइन्छ । दिनको दुई हजार रुपैयाँले तीन छाक खाना र बासलाई पुग्छ ।

तिब्बतको तुलनामा नेपाल

नेपालको उत्तरी सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ। पूर्व–पश्चिम १ हजार ४ सय किलोमिटरभन्दा बढी नेपाली भूमि चीनसँग जोडिएको छ। तसर्थ हरेक चिनियाँ नेताले भन्ने गर्छन्– ‘चीन र नेपाल नदीनाला, हिमाल, पहाडले जोडिएका घनिष्ठ मुलुक हुन्।’

स्थायी राजधानीका लागि सबै भूगोल समेट्न सुझाव

प्रदेशको अस्थायी राजधानी बुटवललाई स्थायी राजधानीका रूपमा स्वीकार नगर्ने भन्दै प्रदेशका पुछारमा रहेका दुई जिल्ला बाँके र बर्दिया यसको विपक्षमा छन्। पायकमा स्थायी राजधानी नतोकिए फरक प्रदेश (कर्णाली प्रदेश) मा जाने चेतावनी दिँदै आएका यी दुई जिल्लाले राजधानी तथा नाम सिफारिस गर्न गठित समितिलाई पनि सोहीअनुसारको चेतावनी दिएका छन्। ‘बुटवल राजधानी स्वीकार्न कुनै पनि हालतमा सक्दैनौं, यदि यो विषयमा विवेक अपनाइएन भने कर्णाली प्रदेशमा गाभिन्छौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्