१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुर्चौडीमा वडा संख्या बढाउन सिफारिस

बैतडीको पुर्चौडी नगरपालिकाले वडाका संख्या बढाउने भएको छ। नगर कार्यपालिकाको पहिलो बैठकले तीनवटा वडा थप्ने निर्णय गरेको हो। जनसंख्या र भूगोलको आधारमा वडाहरू थप गर्ने निर्णय भएको नगर प्रमुख दीपकबहादुर बमले बताए।

जनसंख्या र भूगोलको आधारमा ठूला रहेका वडाहरुलाई विभाजन गरी वडा थप्ने निर्णय भएको हो। वडा नं. १० लाई यस अघिकै नगर सरकारले टुक्राएर वडा थप्ने निर्णय गरेको थियो नयाँ सरकारले वडा नं. ३ र ५ लाई टुक्राउने छ।

यसअघि १० वडा रहेकोमा अब १३ वडा हुने छन्। नगर कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारलाई सिफारिश गरिने बताइएको छ। यस्तै नगर कार्यपालिकाले विभिन्न समितिहरुलाई पूर्णता समेत दिएको छ।

नगरको आर्थिक विकास समितिको संयोजकमा गणेशबहादुर गडाल, सामाजिक विकास समितिमा नरेन्द्रबहादुर साउद, पूर्वाधार विकास समितिमा धिरेन्द्रबहादुर बम, वातावरण तथा विपद् व्यवस्थापन समितिमा हिक्मतबहादुर बिष्ट र संस्थागत विकास एवम् सुशासन समितिमा चक्रबहादुर बमलाई संयोजकको जिम्मेवारी तोकिएको बताइएको छ।

नगरपालिकामा कांग्रेसको एकल बहुमत छ। यसअघि पदभार ग्रहण गर्दै पुर्चाेडी नगरपालिकाको महत्वसँग जोडिएका निर्णय पनि गरिएका छन्। नगरपालिकाले प्रमाणिकरण सूचिमा रहेका सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रति परिवार वार्षिक एकमुस्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाइतेहरुका लागि निःशुल्क उपचार हुने गरी स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ।

पुर्चाेडीहाट स्वास्थ्यचौकीबाट साउनेदेखि एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सुचारु गर्ने निर्णय पनि भएको छ। यसैगरी ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ। पुर्चाेडी नगरपालिकाका १० वटै वडाहरुमा विद्युत् विस्तार कार्य प्रारम्भ गरी दुई वर्ष भित्रमा उज्यालो पुर्चाेडी घोषणा गर्ने निर्णय गरिएको नगरप्रमुख बमले बताए।

प्रकाशित: १४ जेष्ठ २०७९ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App