४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो।

खर्च गर्न नसकेर चितवनका ६ पालिकाले फिर्ता गरे ३५ करोड बढी अनुदान

चितवनका ६ पालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च गर्न नसकेर ३५ करोड बढी अनुदान फिर्ता गरेका छन्। सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शिर्षकमा दिएको अनुदान जिल्लाका ६ स्थानीय तहले खर्च गर्न नसकेर फिर्ता गरेका हुन्। खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

एक वर्षमा सात जना मेडिकल सुपरिटेण्डेण्ट

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन्।

स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट

पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिरहेका छन्। बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्जसम्म उडान थप्दा यात्रु संख्या दिनहुँ बढिरहेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ। कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए।

भरतपुर महानगरपालिकाले ल्यायो चार अर्ब ८१ करोडको बजेट

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

भरतपुरमा आपतकालिन आवास भवन सञ्चालन

बाढी पहिरो तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर सञ्चालनमा ल्याएको हो । भवन पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २८ साझापुरमा रहेको छ ।

भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द

अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी सेवा बन्द गर्ने जनाएको हो।

अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको सङ्क्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने जनाइएको छ। अपिलमा भनिएको छ 'अति आवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौँ।'

कोरिँदै विकास, फेरिँदै भरतपुर

भरतपुर महानगरपालिका चितवनको सदरमुकाम हो । स्थानीय तहको निर्वाचनका बेला केन्द्रले देखाएको चासोले पनि यसको महत्व उजागर गर्छ । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर पूर्वाधार विकासमा अब्बल मानिन्छ भने केन्द्रीय नेपालको व्यापारिक केन्द्रका रूपमा पनि चिनिन्छ ।

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ।

भरतपुरका किसानले पाए राहत

गैंडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।

भरतपुर अस्पतालमा बिरामी बढ्न थाले

कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ।

भरतपुरमा कसले फाल्यो सालनालसहितको शिशु सडकमा?

सालनालसहित बेरिएको अवस्थामा आज (बिहीबार) शिशु भेटिएको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्