४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भरतपुरमा आपतकालिन आवास भवन सञ्चालन

चितवनको भरतपुरमा निर्माण भई संचालनमा आएको आपतकालिन आवास भवन। तस्बिर नागरिक

चितवनको भरतपुर महानगरले जिल्लामा नै पहिलो पटक अत्याधुनिक आपतकालिन उद्धार भवन (ईमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ। बाढी पहिरो तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर सञ्चालनमा ल्याएको हो । भवन पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २८ साझापुरमा रहेको छ ।  

शिलन्यास भएको १८ महिनामा नै निर्माण सम्पन्न गरिएको भवन जमिनबाट २ मिटर उचाईमा भुम्कप प्रतिरोधी एवंम् अपाङगमैत्री रहेको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख ई.प्रंकाश अर्यालले हस्तान्तरणसगैँ उद्धघाटन गरिएको हो। बाढी, भूकम्प जस्ता प्राकृतिक विपदको समयमा नागरिकको सुरक्षाका लागि आवास भवन निर्माण गरिएको हो।  

एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठुलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए। जहाँ ६ कठ्ठा ५ घुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरुष शौचालय समेत रहेको छ। भवनमा विपदको समय उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहेको  अर्यालले बताए।

बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि  साझापुरमा आपतकालिन सेल्टर निर्माण गरि सञ्चालन गरिएको मेयर रेनु दाहालले बताइन्। ‘प्राकृतिक विपत्ति जतिबेला पनि आउन सक्ने भएकोले त्यसको लागि आश्रयस्थल निर्माण गरिएको हो,’ मेयर दाहालले भनिन्, ‘भवनमा एक पटकमा २ सय जना पीडितहरुलाई राख्न सक्ने क्षमता छ, बाढीबाट प्रभावित भएका वडा नम्बर २७ र २८ सहित आसपासका जनतालाई यो विपद्कै घडीमा ठुलो राहत मिल्नेछ।’ अतिआवश्यक सामग्री स्टोर गर्ने देखि ज्यान जोगाउन नै सेल्टरले अति महत्वपुर्ण भूमिका खेल्ने समेत बताईन्।

बाढी लगायतका विभिन्न जोखिमपुर्ण विपदको लागि ठोस कार्यहरु गर्न भवन निकै उपयोगी हुने उपमेयर पार्वती शाहले बताइन्। महानगरले पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनाको समन्वयमा निर्माण भएको सेल्टर महानगरको विपद् जोखिम रहेका अन्य ठाँउमा समेत निर्माण गर्ने प्रतिवद्धता जनाईन्। उनले यसको सहि सदुपयोग गर्ने बताइन्। भवन निर्माण पश्चात आगामी दिनमा जुनसुकै प्राकृतिक विपत् आउदा अन्यत्र वा विद्यालयमा राख्नुपर्ने बाध्यता हटेको छ।

प्रकाशित: ४ असार २०७८ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App