४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

१०६ फरार अभियुक्त पक्राउ

अदालतबाट फैसला भई कार्यान्वयन गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुको सक्रियतामा चालू महिनामा नै एक सय छ फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आएनन् ठेकेदार, बनेन पुल

गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयास्थित बालुवाटार जोड्ने कटैनी खोला र चौमाला पुरानो बजार जोड्ने नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो।

तलब माग्न नगरपालिकामै पुगे शिक्षक

शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरु आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे। उनीहरुले नगरपालिका अगाडि कालो व्यानर बोकेर नाराबाजी गर्दै आफूहरुलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन्।

विपन्न नागरिकलाई जाडोमा न्यानो ब्लाङ्केट

धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरिया सिटीको आयोजनामा माघे संक्रान्ति तथा सञ्जय साई बाबाको जन्मोत्सवको अवसर पारेर गोदावरी नगरपालिकाका १२ वटै वडामा बसोबास गर्ने २ सय जनालाई न्यानो ब्लाङ्केट वितरण गरिएको हो।

कैलालीमा हायस गाडी दुर्घटनामा एकको मृत्यु

गौरीगङ्गा नगरपालिका–६ वनवेहडामा हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।

कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो।

लम्की नहरमा पानी परीक्षण, थप ६ हजार हेक्टरमा सिँचाई

कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरीया गरी तीनवटा परम्परागत कुलालाई आधुनिकरण गर्ने उद्देश्य सहित सन् २०११ मा आयोजना सुरु भएको हो। योसँगै आयोजनाले थप खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने भन्दै लम्की विस्तार नहरको निर्माण गरेको हो।

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगेका हुन्।

हँसिया प्रहारबाट मृत्यु

कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैंझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ।

मेयर शाहीले किन्न लगाइन् आफ्नै शोरुमबाट मोटरसाइकल

उनले लम्की बजारस्थित रहेको आफ्नै शोरुमबाट नगरपालिकाका लागि झण्डै ४० लाख रुपैयाँ बराबरको मोटरसाइकल खरिद गर्न ठाडो निर्देशन दिएको आरोप छ।

भारतबाट स्वेदश फर्किने नेपाली भन्छन्ः ‘रोजगारी सिर्जना गर्नेलाई मत’

वृद्ध सिंहले भने, ‘जीवनभर मतदात गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदूरी गर्नुको विकल्प भएन्।’ उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए।

पुर्चौडीमा आँखा उपचार केन्द्र स्थापना

पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेशन कैलालीको सहकार्यमा नगरपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

कैलाली–१ मा गठबन्धनको अवस्था बलियो

मत परिणाम अनुसार दोस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ। सो पार्टीका वडाध्यक्षहरुले प्राप्त गरेको मत १७ हजार १९३ रहेको छ। तेस्रो स्थानमा रहेको नेकपा एमालेका वडाध्यक्षको मत ९ हजार ८८२ रहेको छ। क्षेत्र नं. १ अन्तरगत टीकापुर नगरपालिकाका नौ वडामा प्राप्त मत अनुसार सबैभन्दा धेरै नागरिक उन्मुक्तिले ७ हजार १३९ मत प्राप्त गरेको छ। उसले दुई वटा वडामा जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्