२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पुर्चौडीमा आँखा उपचार केन्द्र स्थापना

बैतडीको पुर्चौडीमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेशन कैलालीको सहकार्यमा नगरपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखा सम्बन्धी विभिन्न रोगको उपचार पाउने नगरपालिका प्रमुख दिपकबहादुर बमले बताए। उपचार केन्द्र उदघाटन गर्दै नगरप्रमुख बमले आँखाको समान्य समस्याको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। समयमै उपचार नपाएर धेरै नागरिक दृष्टिविहीन हुनबाट जोगिने वडा नं. १ का अध्यक्ष गणेशबहादुर गडालले बताए।

नगरमै आँखा सम्बन्धी विभिन्न समस्याहरुको प्राथमिक उपचार सहज रुपमा पाउने भएपछि स्थानीय नागरिक हर्षित भएका छन्। उपचार केन्द्र स्थापनापछि आँखामा समान्य समस्या आउँदा सदरमुकाम वा कैलाली पुग्नुपर्ने बाध्यता हटेको हो। फाउन्डेशनले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधिको व्यवस्था गरेको छ भने नगरपालिकाले जनशक्ति र कार्यालयको व्यवस्थापन गरेको छ।

आँखा उपचार केन्द्र स्थापनाको सिलसिलामा नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेशनले आँखा शिविरको आयोजना समेतको गरेको छ। तीन दिनसम्म सञ्चालन हुने आँखा शिविरको पहिलो दिन ४ सय जनाले सेवा लिएका छन् भने करिब ७० जनाको आँखाको अप्रेसन गरिएको च्यारिटी हेल्थ फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ नेत्ररोग विषेशज्ञ डा.विद्याप्रसाद पन्तले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०७९ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App