२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बुद्धहरू र बौद्ध धर्म–दर्शन

एक बुद्ध र अर्को बुद्धबीच फरक हुँदैन। उनीहरूको पृष्ठभूमि र समय फरक होला, अभ्यासको तौरतरिका पनि फरक होला, विभिन्न घटनावलीमा फरक होला, तर ती जम्मै यात्रा पार गरेर जब बुद्धत्व प्राप्त गर्छन्, तब सबैको स्थिति एउटै वा समान स्तरको हुन्छ। सबै बुद्धले दिने उपदेश एउटै हुन्छ।

एयरलाइन्सले टिकेटिङमा अनियमितता गरे कारवाही हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ।

जामाचो मेला र विभिन्न जात्रा

सेराफाँटमा केराउ बाली हेरेर बसेकी बालकुमारी नामक ज्यापुनीको रूपमा मोहित भई टीका भैरवले प्रेम गरेछन्। बालकुमारीलाई सघाउने क्रममा टीका भैरवले वनडाँडाको टुप्पोमा रहेको घाँस अलौकिक शक्तिद्वारा डाँडामुनि बसेरै काटी दिएछन्। टीका भैरवले आफ्नो सक्कली भयंकर रूपको दर्शन दिँदा डराएर बालकुमारी लुक्न गइछन्।

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

पिसिआर नेगेटिभवालाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखित रूपमै आग्रह गरेको र संस्थाद्वारा प्रस्तुत मुख्य विषयमा छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने उनले बताए।

सालीनदीमा भक्तजन

साँखुकी मीना उपाध्याय यसपालि स्वस्थानी माताको व्रत बसेकी छन्। हरेक बिहान घरको काम सकेर उनी साँखुस्थित सालीनदी तटमा आउँछिन् र आफ्नो परिवारको प्रगति, सुस्वास्थ्य आदिका लागि प्रार्थना गर्छिन्। उनले स्वस्थानी व्रत बस्न थालेको लगभग १३ वर्ष भयो। ‘मेरो श्रीमान गम्भीर दुर्घटनामा परेपछि मैले यो व्रत बस्न थालेको हुँ,’ अघिल्लो साता सोमबार सालीनदीस्थित स्वस्थानी मन्दिरमा भेटिएकी मीनाले भनिन्, ‘डाक्टरहरूले मेरो श्रीमानलाई भनेका थिए, खुट्टाले हिँड्न मुस्किल हुन्छ। तर अहिले उहाँ हिँडेर कार्यालय जानेआउने गर्नुहुन्छ, यो सबै श्री स्वस्थानी माताको कृपाले हो।’

कला दीर्घाको संस्कृति र स्वरूप

कलालाई बुझ्न ‘भिजुअल ल्यांग्वेज’ आवश्यक हुन्छ, यसर्थ कलालाई निरन्तर हेरिरहनु नै कलालाई बुझ्ने प्रक्रियाको सुरुको बिन्दु हो, भन्ने गरिन्छ। अन्यथा कलालाई सजिलै बुझ्न सकिँदैन। नबुझिने कुरामा चासो र चाख पनि कम हुन्छ। मूलतः दर्शकले कलालाई हेर्न खोजीखोजी पस्ने सन्दर्भ पनि देखापर्दैन।

नेपाली संस्कृतिका अग्रणी श्रीगणेश

नेपालमा विभिन्न जाति, धर्म सम्प्रदायले गणेश देवतालाई आफ्नै मौलिकपनले मान्दै आइरहेका छन्। विशेषगरी नेपालका सम्पूर्ण नेवारले जन्मेदेखि मृत्युपर्यन्त गरिने विभिन्न संस्कारमा श्रीगणेश देवतालाई सर्वप्रथम पूजा गर्छन्। नेवारी संस्कार र संस्कृतिमा गणेश देवताको अत्यन्तै ठूलो महत्व रहिआएको छ।

चाँगुनारायणको जात्रा

मिला पुन्ही अर्थात् पौष शुक्ल पूर्णिमाका दिन चाँगुनारायणको जात्रा गरिन्छ। धार्मिक र सांस्कृतिक रूपमा अत्यन्तै महत्वले भरिएको चाँगुनारायणलाई हिन्दू र बौद्धले उत्तिकै मान्दै आइरहेका छन्।

गुरुङको रोधीं

नारायणगोपाल र मीरा राणाको स्वर रहेको यस गीतका रचनाकार हुन्, चेतन कार्की। चलचित्र ‘परिवर्तन’मा समावेश यस गीतका शब्दले रोधींलाई माया, पिरती गाँस्ने र नाचगान गर्ने थलोका रूपमा परिभाषित गरेको छ।

माघमा चेलीबेटीलाई ‘त्यारमाणो’

संस्कृति तथा परम्परा ठाउँअनुसार फरकफरक हुन्छन्। सुदूरपश्चिममा माघ महिनाभरिमा कुनै एक दिन आफ्ना चेलीबेटीलाई ‘त्यारमाणो’ दिने चलन छ। छोरी, दिदीबहिनी र फुपूलाई माघमा दिइने सेलरोटी, फाउने माणा, भुनेरोटी तथा अन्य मीठा परिकारलाई त्यारमाणो भनिन्छ। माघ पुण्य महिना र चेलीबेटी देवीका अवतार भएकाले उनीहरूलाई सोही समय पारेर त्यारमाणो दिए पुण्य प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको छ।

‘महिला स्वतन्त्रता’ को मौलिक पर्व उत्तरायणी

हरेक वर्ष माघ ३ गतेका दिन सुदूरका चेलीबेटीले मनाउने उत्तरायणी पर्व शनिबार पनि सुदूरमा धुमधामसँग मनाइन थालिएको छ । सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले हरेक वर्ष माघ ३ गतेका दिन सुदूरका महिलाहरु स्वतन्त्रताको पर्वका रुपमा उत्तरायणी मनाउने गर्छन् । शनिबार पनि सुदूरपश्चिमका चेलीहरु उत्तरायणी भन्दै ‘कुनकेउलो’ (वनभोज) खान व्यस्त छन् । यहाँ हरेक वर्ष उत्तरायणीका दिन चेलीबेटीलेघट कुनकेउलो खाने गरिन्छ ।

पाठ्यक्रममा लेप्चादेखि होमस्टेसम्म

भौतिक र सामाजिक विकासमा नवीन अवधारणा अवलम्बन गरिरहेको सूर्याेदय नगरपालिका शिक्षा क्षेत्रको गतिविधिमा एक खुट्किलो उक्लिएको छ। नगरले विद्यालयको आधारभूत तहका लागि स्थानीय लोपोन्मुख समुदायको संस्कृतिदेखि होमस्टेसम्म समेटिएको पाठ्यक्रम तयार गरेको छ।

विश्राम लागेको हजार वर्षअघिको सम्यक्

हारती माताको प्रमुख आतिथ्यमा महिला सम्यक् आयोजना गरिन्छ। यस दिन शाक्य वज्राचार्य महिलालाई मात्र भोजन प्रसाद ग्रहण गराउने परम्परा छ। यसरी लैंगिक विभेदरहित सम्यक्मा देवदेवी र गुरु पुरोहितलाई वितरण गरिएको भोजन प्रसादलाई अत्यन्त पवित्र मानिन्छ।

साकेलाको सौन्दर्यशास्त्र

किरात राई जातिको महत्वपूर्ण चाडपर्वमध्ये पर्छन्, उधौली र उभौली। मंसिर पूर्णिमाको दिन मनाउने उधौली तथा वैशाख पूर्णिमाको दिन मनाउने उभौली राई जातिको पितृ र प्रकृतिप्रतिको अनुष्ठान हो। मंसिरे पूर्णिमा यसपटक १५ पुसका दिन परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्