२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बताए।

सुदूर संस्कृतिमा मकर संक्रान्तिः माघमा चेलीलाई डोकाभरि परिकार

विवाह गरी पठाइएकी चेली र माइतीको सम्बन्ध प्रगाढ बनाइराख्न पनि त्यारमाणो दिने प्रचलन पहिलेदेखि चलिआएको हो। डोटेली भाषाविद् डा. टिएन जोशी भन्छन्, ‘डोटी, डडेलधुरा, बझाङ, अछाम र बाजुरामा माघलाई चेली तिहार पनि भन्ने गरिन्छ।’ माइती पक्षले चेलीलाई मकर संक्रान्ति वा माघको कुनै दिन डोकोभरि त्यारमाणो दिन्छन्।

लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैनः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताएका छन्।

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेकाे निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन्।

पृथ्वीनारायणका सिक्कामा सांस्कृतिक प्रस्तुति

पृथ्वीनारायणले प्रसारण गरेका विभिन्न सिक्कामा विशेषगरी हिन्दू सांस्कृतिक चिन्तनलाई निरन्तरता दिएको देखिन्छ, जुन लिच्छवि तथा मल्ल सभ्यताको निरन्तरता हो । मुद्राको बनोट, बुनोटमा पनि लिच्छवि तथा मल्लकालीन मुद्राको समरूपमा तात्विक फरक देखिँदैन।

नारायणहिटीबाट हटाइँदै बतास समूहका संरचना

नारायणहिटी संग्र्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने भन्दै बतास समूहले संरचना निर्माण गरेको हो। मन्त्री आलेको चेतावनीपछि सोही समूहले संरचना भत्काउन कामदार खटाएको छ।

नारायणहिटी रेस्टुरेन्टबारे तीन दिनभित्र छानबिन हुने

पर्यटनमन्त्री आलेले नारायणहिटी संग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिइसकेका छन्।

नारायणहिटीबाट बतास समूहलाई नहटाइ छाड्दैनाैंः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन्।

पर्यटन बोर्डका सिइओले लन्डन पुर्‍याएर अपमान गरेः पर्यटनमन्त्री आले

‘दुःखका साथ भन्छु, लन्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन्। म नखाने मान्छे छेउमा उभिरहेँ। हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ,’ उनले भने, ‘मलाई खा भन्छ। उसले पहिलाको मन्त्रीजस्तो ठान्यो होला प्रेम आलेलाई।’

नयाँ जहाज खरिद गर्ने योजना छिटो ल्याउन मन्त्री आलेकाे निर्देशन

जहाज खरिदमा कुनैपनि प्रकारको कमिशनको खेल नगर्ने भन्दै उनले अनियमितता भएमा आफू झुण्डिन तयार रहेको बताए। मन्त्री आलेले ग्राउण्डेड भएको जहाजहरुलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराए।

'पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ'

सरकारले कोरोनाका कारण पलायन हुन लागेका पर्यटन व्यवसायीलाई रोक्न विशेष प्याकेज ल्याउनुपर्ने उनको भनाइ थियो।

भक्तपुर दरबार क्षेत्रको ‘नाक’ ठडियो

संस्कृतिविद् आम धैभडेलका अनुसार भक्तपुरका राजा जितामित्र मल्लले ने.सं. ७९८ मा बनाएको यो मन्दिर जताबाट हेरेपनि उस्तै सुन्दर लाग्ने गर्छ।

वायुसेवा निगमका पूर्वअध्यक्षले सुविधामा टिकट नपाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने जनाएका छन्।

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छः मन्त्री आले

नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले यो क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिए।

प्राधिकरणको बेथिति अन्त्य गर्ने मन्त्री आलेको घोषणा

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले स्वदेशी बस्तु प्रवर्द्धनलाई अगाडि बढाइरहेको बताए। उनले लोगो हेरैरै नेपाली बस्तु प्रयोग गर्ने वातावरण तयार पार्न परिसंघ लागि परेको स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्