१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रवासमा विस्तार नेपाली चलचित्रको बजार

नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।

नेपालीमा ट्विट गर्दै मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।

परिसंघ र दराजबीच सहकार्य

नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्ल्याटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ।

नेपाली आकाशमा सय हवाई दुर्घटना

नेपाली आकाशमा एक सय बढी हवाई दुर्घटना भएका छन्। मंगलबार सोलुखुम्बुमा भएको हेलिकोप्टरसँगै दुर्घटनाको संख्या १ सय ५ पुगेको छ।

हेल्प नेपाल र पुलिसले दिए जितलाई निरन्तरता

नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबमाथि र हेल्प नेपालले गण्डकी प्रदेशमाथि समान ३–० को जित निकाले।

कोरिया सरकारद्वारा नेपाल कोरिया मैत्री अस्पताललाई एक अर्ब २५ करोड सहयोग

दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गरेको छ।

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण

बाँकेको नेपालगञ्जस्थित धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार उक्त प्रशिक्षण केन्द्र रु एक करोड १५ लाखको लागतमा बनेको हो। उनले नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरी स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरिएको बताए।

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।

गुरुङलाई पक्राउ गरेकोमा निजी क्षेत्रका तीन संस्थाको बिरोध

ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ गरेकोमा निजीक्षेत्रका छाता संस्थाहरूले बिरोध जनाएका छन्।

प्राधिकरणको नेतृत्वद्वारा बूढीगण्डकी आयोजनास्थलको निरीक्षण भ्रमण

नेपाल विद्युत् प्राधिकरणले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ।

कोकाकोलाले युवा महिला उद्यमीलाई सशक्त बनाउँदै

कोकाकोला नेपालले एटेलियर प्लेटफर्मसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रम सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्