३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

गुन्जनले दुई स्रष्टालाई सम्मान गर्ने

नेपाली महिला सर्जकहरूको संस्था ‘गुन्जन’ले दुई स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ।

सम्मानित स्रष्टाहरूमा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह र पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी रहेका छन्। सो निर्णय गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले गरेको हो।

साढे दुई दशकअघि स्थापना भएको गुन्जनले यसअघि ‘गुन्जन प्रतिभा पुरस्कार’ कवि गीता कार्कीलाई, ‘गुन्जन त्रिवेणी आख्यान पुरस्कार’ वरिष्ठ कथाकार भुवन ढुंगानालाई, ‘गुन्जन मातृभाषा सम्मान’ राधिका लिम्बूलाई, ‘गुन्जन साहित्य पुरस्कार’ कवि विश्वविमोहन श्रेष्ठलाई, ‘गुन्जन जेष्ठ नागरिक सम्मान’ कथाकार रेवती राजभण्डारीलाई र ‘गुन्जन रजत जयन्ती सम्मान’ कवि लक्ष्मी राजभण्डारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: २७ असार २०८० ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App