८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोकाकोलाले युवा महिला उद्यमीलाई सशक्त बनाउँदै

कोकाकोला नेपालले एटेलियर प्लेटफर्मसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोकाकोला नेपालको महिला सशक्तिकरण कार्यक्रम ‘सक्षम’को एक महत्वपूर्ण भाग भएको कम्पनीले जनाएको छ। यसले महिलाहरूद्वारा सञ्चालित सम्भावित नवप्रवर्तनहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

कार्यक्रमले कोकाकोलाको मूल्य शृङ्खलाभन्दा बाहिर महिला सशक्तिकरण गर्ने प्रतिबद्धतालाई विस्तार गर्ने कम्पनीकोे विश्वास छ। कार्यक्रममा सहभागीहरूलाई उद्यमशीलताको प्रयासमा फस्टाउन र आवश्यक सीप र ज्ञानको साथ सुसज्जित गर्न एक्स्पर्ट सेसनहरू आयोजना गरिएको थियो। जसमा लैंगिक र महिला अधिकार, नारीवाद र नेतृत्व, कानुनी प्रक्रियाहरू, जलवायु परिवर्तन, मार्केटिङ रणनीति, वित्त र बैंकिङमा पहुँच, डिजिटल मार्केटिङ, लाभदायक प्रस्तुतीकरण जस्ता आवश्यक विषयहरू समेटिएको कम्पनीले जनाएको छ।

कोकाकोला कम्पनीका लागि नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपालको गतिशील उद्यमशील परिदृश्यमा लैंगिक समानता र महिला सशक्तिकरणको लागि कम्पनीले अटल समर्पणलाई जोड दिने बताए। उनले सहभागी महत्वाकांक्षी युवा महिला उद्यमीहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गरी दिगो इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेका जनाए।

प्रकाशित: २५ असार २०८० ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App