६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपालीमा ट्विट गर्दै मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।

नेपालीमा ट्विट गर्दै उनले सीताको निधनको खबरले मर्माहत भएको बताएका छन्। उनले प्रधानमन्त्री दाहालप्रति समवेदना प्रकट गरेका छन्।  

उनले लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति,’  

प्रधानमन्त्री पत्नी दाहालको हृदयघातबाट बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो। 

प्रकाशित: २७ असार २०८० ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App