१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

परिसंघ र दराजबीच सहकार्य

नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्ल्याटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ। मेक इन नेपाल ‘स्वदेशी’ अभियान सरकारसँगको साझेदारीमा परिसंघले सञ्चालन गरिरहेको छ।

स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल-स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ।

नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्ल्याटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ।

सिएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको  प्रवर्द्धन गर्ने, कामदारहरूको सीप अभिवृद्धि गर्ने जस्ता काम गर्दै आएको छ।

स्वदेशी सदस्यहरूको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको हो। यस समझदारी अनुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ र स्वदेशी सदस्यहरूले आफ्ना उत्पादनहरू यस सेक्सनमा राख्न पाउनेछन्। साथै दराजले स्वदेशीको प्रवर्द्धन गर्ने अन्य उपाय तथा सुविधाहरू दिनेछन्।

समझदारी अनुसार मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको उत्पादन दराजको प्ल्याटर्फममा राख्न तथा खरिद बिक्री गर्न दराजले स्वदेशी सदस्यहरूलाई आवश्यक तालिम, परामर्श, जानकारी उपलब्ध गराउनेछ।

सिएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, कामदारहरूको सीप अभिवृद्धि गर्ने जस्ता काम गर्दै आएको छ।

मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरूलाई बजारीकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग यो समझदारी गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए।

स्वदेशी अभियानको उद्देश्य प्राप्तिका लागि नीतिगत वकालतसँगै अन्य थप  प्रवर्द्धनात्मक कार्यलाई अगाडि बढाइने उनले बताए। स्वदेशी उत्पादनहरूलाई प्रोत्साहन, प्रवर्द्धन गर्न स्वदेशी सदस्यहरूको आफ्नो अनलाइन प्ल्याटफर्म उपलब्ध गराइएको दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन्।

मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरूलाई बजारीकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग यो समझदारी गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए।

समझदारीले स्वदेशी सदस्यहरूलाई आफ्नो उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने विश्वास परिसंघ राष्ट्रिय परिषद् सदस्य हितेश गोल्छाले बताए। समझदारीमा परिसंघका महानिर्देशक दीपकराज जोशी र दराजकी प्रबन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरे ।

प्रकाशित: २७ असार २०८० ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App