२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गुरुङलाई पक्राउ गरेकोमा निजी क्षेत्रका तीन संस्थाको बिरोध

फाइल तस्वीर

ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ गरेकोमा निजी क्षेत्रका छाता संस्थाहरूले बिरोध जनाएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आइतबार संयुक्त विज्ञप्ति जारी गरी घुमाउरो ढंगले आपत्ति प्रकट गरेका हुन्। गुरुङ नाम उल्लेख नगरी ती संस्थाहरूले व्यवसायीलाई थुन्ने कार्यले निजीक्षेत्र त्रसित भएको जनाएका छन्।

ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ गरेकोमा निजीक्षेत्रका छाता संस्थाहरूले बिरोध जनाएका छन्।

अदालतबाट दोषी ठहर नगर्ने कुनै पनि व्यवसायीलाई थुन्ने, धरपकड गर्ने कार्यले लगानी थप निरुत्साहित हुने जनाएका छन्। उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने र थुन्ने काम नगर्न संयुक्त रूपमा आग्रह गरेका हुन्।

देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने बताउँदै कानुन विपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्ने जनाएका छन्।

‘कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्छ।’

उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा बहुआयामिक असर परेको समेत उल्लेख छ।

अदालतबाट दोषी ठहर नगर्ने कुनै पनि व्यवसायीलाई थुन्ने, धरपकड गर्ने कार्यले लगानी थप निरुत्साहित हुने जनाएका छन्। उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने र थुन्ने काम नगर्न संयुक्त रूपमा आग्रह गरेका हुन्।

कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने मात्र नभएर राज्यले व्यवसायीका कुरा पनि सुन्नुपर्ने बताए। मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ असार २०८० ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App