४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भ्याट छलीमा भाटभटेनी दोषी, तिर्नुपर्ने रकम डेढ अर्ब

नक्कली भ्याट बिल प्रयोग गरी कारोबार गरेको आरोप लागेको सुपरमार्केट भाटभटेनीले सरकारलाई करिब डेढ अर्ब रूपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।

आजदेखि ३ दिनसम्मै देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपाल व्याप्त भ्रष्टाचार हुने देशको सूचिमै

विश्वका देशमध्ये नेपालले ३५ अंक प्राप्त गरी १०८ ओं स्थानमा रहेकाे छ। याे गत वर्ष भन्दा १ नम्बर मात्रै बढी हाे।

ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउँदविरुद्ध उजुरी

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री झपट बहादुर साँउदविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै एकजनाले प्रहरीमा उजुरी दिएका छन्।

राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन्।

छानबिन समितिको निष्कर्ष: एनसेल सेयर खरिद–बिक्री अस्वाभाविक

आजियाटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको सेयर विभिन्न सर्तसहित खरिद मूल्यभन्दा निकै कम ६ अर्ब ६५ करोड रूपैयाँमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सम्झौता सार्वजनिक हुँदा अपारदर्शी कारोबार भएको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति बनाएको थियो।

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ठगिएका ४६ जनाले दिए उजुरी

उनीहरुले वि.सं. २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन्।

कैलास पर्वत र मानसरोवर अवलोकन गर्न नेपालगन्जबाटै माउन्टेन फ्लाइट

मुलुक प्रादेशिक संरचनामा गएपछि नेपालगन्जले प्रशासनिक अधिकार गुमायो। तत्कालीन मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय कार्यालय सुर्खेत, बुटवल र दाङ सारिए।

आज सहिद दिवस

गत वर्षहरूमा जस्तै यस वर्ष पनि सहिदहरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ।

आजदेखि ३ दिनसम्म वर्षा र हिमपात

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

६३ मेट्रिकटन सुन्तला शीतभण्डारमै कुहिए, अनुसन्धान हुँदै

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखिएका लाखाैं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन्।

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्।

आइसीसी यू–१९ विश्वकपः नेपालले पर्सि बङ्गलादेशसँग खेल्ने

नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेल पर्सि माघ १७ गते खेल्ने भएको छ।

उष्णप्रदेशीय रोगको भार: सीमान्तकृत र विपन्न नागरिक मारमा

जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।

प्रधानमन्त्री कप क्रिकेटः आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्