१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल व्याप्त भ्रष्टाचार हुने देशको सूचिमै

नेपाल व्याप्त भ्रष्टाचार हुने देशको सूचिमै देखिएको छ। नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको देखिएको छ। विश्वका देशमध्ये नेपालले ३५ अंक प्राप्त गरी १०८ ओं स्थानमा रहेको छ। यो गत वर्ष भन्दा १ नम्बर मात्रै बढी हो।

ट्रान्परेन्सी इन्टरनेशनल नेपालले हरेक वर्ष जस्तै यस वर्ष पनि भ्रष्टाचार अवधारणा सूचंकाकमा भ्रष्टाचारमा सुधार नभएको देखिएको हो। टीआइएनका अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज सार्वजनिक गरेको तथ्यांकमा नेपाल सन् २०२२ को तुलनामा थोरै सुधार देखिए पनि भ्रष्टाचार व्याप्त मुलुकको सूचिमा रहेको छ।

देशमा सुशासन बढाउने, नीतिगत निर्णयलाई कानुनी दायरामा ल्याउनुपर्ने टीआइकी अध्यक्ष पद्मिनी प्रधानांगले बताएकी छिन्।

प्रकाशित: १६ माघ २०८० ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App