५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदेश प्रहरी र अस्पताल सार्नेबारे हामीलाई जानकारी छैन : मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने विषयमा प्रदेश कार्यालयमा कुनै जानकारी र समन्वय नभएको बताएका छन्।

प्रदेश १ मा कोरोना परीक्षणको दर बढ्यो

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना भएपछि प्रदेश १ मा कोरोना परीक्षण दर थोरै बढेको छ।

गण्डकी प्रदेशमा कोरोना परीक्षण हुने, डेढ घण्टामा रिपोर्ट

गण्डकी प्रदेशभित्रै कोरोना संक्रमण भए नभएको नमूना परीक्षण हुने भएको छ। संघीय सरकारले मंगलबार गण्डकी प्रदेश सरकारलाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन सहित किट र सामाग्री उपलब्ध गराएको थियो। मेसिनबाट बुधबारदेखि सर्वसाधारणको नमूना परीक्षण गरिने प्रदेश सरकारले बताएको छ।

राउटे समुदायलाई प्रदेश सरकारको खाद्यान्न

लकडाउनका कारण खाद्य संकटमा रहेको राउटे समुदायलाई प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराएको छ । जंगलमा फिरन्ते जीवन विताउने यो समुदायलाई भेरीगंगा नगरपालिकाको सक्रियतामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको छ । राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ स्थित सत्तरी नजिकैको छिन्चु खोला किनारमा बस्दै आएको छ ।

प्रदेश १ मा आइपुग्यो स्वास्थ्य सामग्री, कुन जिल्लालाई कति पीपीई पठाइयो ?

नेपाल सरकारले आइतबार चीनबाट कोरोना भाइरस (कोबिड १९) को संक्रमण रोकथामका लागि चाहिने स्वास्थ्य सामग्री ल्याएसँगै सोमबार नै प्रदेश १ मा स्वास्थ्य सामग्री आइपुगेको।

लकडाउन छिचोल्दै भित्री बाटो नेपाल प्रवेश गर्नेको लर्को

जसरी पनि घर आइपुग्ने हुटहुटीले ‘लकडाउन’ छिचोलेर भारतबाट नेपाल प्रवेश गर्ने क्रम अझै रोकिएको छैन। लुकेर नेपाल भित्रने अनि क्वारेन्टाइन छल्नेहरुका कारण प्रदेश १ को सीमा क्षेत्र जोखिम बढाउने अड्डा बनेको छ।

एकै दिन साढे १२ लाख जम्मा

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा रकम संलकन भइरहेको छ। सोमबार उक्त कोषमा १२ लाख ५० हजार रूपैयाँ जम्मा भएको छ।

समाजमा संक्रमण रोक्ने उपायः पहिचान, निगरानी र परीक्षण

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला छ। दक्ष जनशक्ति पूर्वाधार र उपकरण अभावमा कोभिड –१९ को नमूना संकलन केन्द्रमा सीमित यस प्रयोगशालालाई परीक्षण प्रयोगशालाको रुपमा स्थापना गर्ने संघीय सरकारको निर्णयले यस भेगमा सकारात्मक आशा जगाएको छ।

संस्कृतिभन्दा देश–जनता प्यारो

‘अब जात्रा देखाउने र हेर्ने सबै मिलेर कोरोनालाई हराउनु पर्छ। समुदाय सकुशल रहे जात्रा फेरिफेरि  मनाउनेछौं।’

उत्तरी ताप्लेजुङ क्षेत्रमा रहेका विदेशी पर्यटकलाई सम्पर्कमा आउन आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उत्तरी ताप्लेजुङको पर्यटकीय क्षेत्रमा रोेकिएका १४ जना विदेशी पर्यटकलाई तत्काल प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको छ। प्रशासन कार्यालयले आइतबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई उडान उद्वार गरी काठमाडौ पठाईने भएकोले सम्पर्कमा आउन आग्रह गरेको हो।

लकडाउन अवधिभर निम्न आय भएका परिवारलाई प्रदेश सरकारले खानाकाे व्यवस्था गर्ने

लकडाउन अवधिभर प्रदेश २ सरकारले गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरलाई खानाको ब्यवस्था गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकारसंग समन्वय गरी लकडाउनको अवधिभर खानाको ब्यवस्था गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

स्वदेश फर्किन चाहेनन् पर्यटक

हिमाली जिल्ला मुस्ताङको प्रशासनले शनिबार ५८ जना विदेशीलाई स्थलमार्गबाट काठमाडौं पठायो। मुस्ताङ प्रशासनको सम्पर्कमा आएका अरु १० जनाजति विदेशी भने स्वदेश फर्किन मानेनन्। स्वदेश फर्किन नचाहेका पर्यटक मुस्ताङकै विभिन्न होटलमा बसेका छन्। प्रशासनले सहजीकरण गर्दागर्दै पनि ती पर्यटक स्वदेश फर्किन चाहेनन्।

ताप्लेजुङबाट ३ पर्यटकको उद्वार

विश्वको तेस्रो अग्लो शिखर कञ्चजंघा क्षेत्रको भ्रमण अवलोकनका लागि आएका ३ जना विदेशी पर्यटक र उनीहरुका गाईड (पथप्रदर्शक)लाई शनिबार ताप्लेजुङबाट उद्वार गरिएको छ।

परदेशबाट आउनेहरु निर्धक्क गाउँ डुल्दै

कोरोना भाईरस (कोभिड–१९) को सर्ने दर (चेन ब्रेक) घटाउन देशभर लकडाउन गरिएको छ। लकडाउनको प्रभावकारिता सहरभन्दा दूरदेहातमा बढ्ता देखिएको छ। एक गाउँका मानिसलाई अर्को गाउँमा प्रवेश रोकिएको छ। भारत वा खाडी मुलुकबाट रोजगार गरी फर्केकाहरुसँग छिमेकी समेत छेउ पर्दैनन्। बरु विदेशबाट फर्केका पाहुनालाई क्वारेन्टाइन गर्न जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई दबाव दिन्छन्, गाउँले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्