ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रे मात्र ६५ प्रतिशत
ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रेको काम गर्ने समय एक महिना पनि बाँकी छैन। आयोजनाको म्याद यही जेठ १६ गते सकिने भए पनि मात्र ६५ प्रतिशत काम सकिएको छ।
ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रेको काम गर्ने समय एक महिना पनि बाँकी छैन। आयोजनाको म्याद यही जेठ १६ गते सकिने भए पनि मात्र ६५ प्रतिशत काम सकिएको छ।
सकेसम्म काम नहुने, भइहाले गुणस्तरीय नहुने अवस्थाबाट मुलुक गुज्रिरहेको छ । वास्तवमा हाम्रो विकास निर्माणको समग्र तस्बिर पनि यही हो । ठेकेदार, कर्मचारी र सत्तारुढ दलका नेता तथा कार्यकर्ताबीचको अपवित्र गठबन्धनका कारण हाम्रो विकास निर्माणको यो दुर्गति भएको हो । ठेककापट्टाकै बेलादेखि चलखेल सुरु हुन्छ ।
एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ। तनहँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरबाटो कालोपत्रेका लागि संघीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन्।
सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ।
गत कार्तिकमा झण्डै ३ सय ९० मिटर रनवे कालोपत्रे भइसकेको छ। बाँकी २ सय ८० मिटर रनवे कालोपत्रेको लागि २० दिन विमानस्थल बन्द गराइएको छ। वर्षाका कारण कर्णाली सडक नियमित चल्न सक्ने अवस्था छैन। यहाँको भरपर्दो यातायात सेवा भनेको हवाई सेवा हो।
धनगढी उपमहानगरपालिकाले कालोपत्रेमाथि ग्राभेलिङ गरेर विकासको उपहास गरेको छ। वडा नम्बर ३ विशालनगरमा कालोपत्रेमाथि ग्राभेलिङ गरिएको हो।
गत वर्षको मंसिर २० गते संघीय संसद्को निर्वाचनमा विजयी भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् जिल्ला अदालत जाजरकोटको प्रांगणमा पत्रकारसँग फेरि त्यही कुरा दोहो-याएका थिए बस्नेतले।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा भन्ज्याङ सडकखण्डमा कालोपत्रेका लागि प्राइम राख्न सुरु गरिएको छ। सो लोकमार्गको दिक्तेलदेखि जयराम खण्डमा मात्र कालोपत्रे गर्ने काम भइरहेकोमा दिक्तेल–चखेवा भन्ज्याङबिचको ३६ किलोमिटर सडकखण्डमा पनि प्राइम राख्न सुरु गरिएको हो।
भक्तपुरको कमलविनायकदेखि पर्यटकीय आकर्षणस्थल नगरकोट पुग्ने विस्तारित सडकमध्ये झण्डै दुई किलोमिटर सडकखण्ड मात्रै कालोपत्रे भएको छ । कमलविनायकदेखि आर्मी ब्यारेकसम्मको सडक विस्तार गरी कालोपत्रेसमेत भएको हो । कालोपत्रे सकेको सडकखण्ड पनि निर्माण सम्पन्न नहुँदै बिग्रिसकेको छ । सडकमा जताततै खाल्डाखुल्डी देखिएका छन् भने धुलो उड्ने थालेको छ ।
थप भएको म्याद गुज्रिँदासमेत खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रेको काम पूरा हुन सकेको छैन। २०७४ माघ १६ गतेसम्मको म्याद गुज्रिएपछि थप भएको ७ महिना बित्दा पनि कालोपत्रेको काम ८० प्रतिशत मात्र पूरा भएको छ। लामीडाँडा गाउँपालिका–३ लामीडाँडास्थित विमानस्थल कालोपत्रेको कामका लागि पहिलोपल्ट थप गरिएको म्याद गुज्रिएको पनि ६ महिना बितिसकेको थियो।
उदयपुरका ८ वटै स्थानीय तह जोडिएको निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने ‘मदन भण्डारी बैकल्पिक लोकमार्ग’को कालोपत्रे काम धमाधम भईरहेको छ।
लेनको भरतपुरको आँपटारीदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको बाइपास सडक विस्तारको काम सुरु गरिएको छ। उक्त सडकखण्डलाई चार बनाउन विस्तारको काम सुरु गरिएको हो। पूर्व–पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डलाई जोड्ने बाइपास सडकको लम्बाई ४.४९ किमि रहेको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बिजुले–हुर्लुङ सडकखण्डको काममा चरम ढिलासुस्ती देखिएको छ। हलेसी–दिक्तेलका तीन प्याकेजमध्ये दोस्रो प्याकेजका रूपमा कालोपत्रे थालिएको बिजुले–हुर्लुङ १२ किलोमिटर खण्डको काममा ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले ढिलासुस्ती गरेको हो। पहिलो प्याकेजअन्तर्गत हलेसी–बिजुले र तेस्रो प्याकेजअन्तर्गत हुर्लुङ–दिक्तेलको काम भने अलि सन्तोषजनक देखिएको जिल्लावासीको भनाइ छ।
दुई वर्षभन्दा बढी समय लगाएर खोटाङको थामखर्क विमानस्थल कालोपत्रे गरिएको छ। १५ महिनाभित्र पूरा गर्नेगरी २०७३ असोज २० गते सम्झौता गरिएको खोटेहाङ गाउँपालिका–४, बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्रे २८ महिनामा सम्पन्न भएको हो।
राष्ट्रिय गौरवको आयोजना धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने ‘मदन भण्डारी बैकल्पिक लोकमार्ग’ को उदयपुर खण्डमा कालोपत्रे सुरु भएको छ । लोकमार्गको पूर्वी खण्डअन्र्तरगत सदरमुकाम गाईघाटदेखि चुहाडे–मुर्कचीसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको हो।