४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

'होडिङ बोर्ड' विज्ञापनको लागि हुने ठेक्का प्रथा रोकिनुपर्छः लक्ष्मण हुमागाईं

अध्यक्ष हुमागाईंले होडिङ बोर्ड विज्ञापनमार्फत उठ्ने राजश्व ठेकेदारले उठाउने गरेकाले अब विज्ञापन वापतको राजश्व ठेकदारले उठाउन नपाउने व्यवस्था लागू गर्ने पक्षमा बोर्ड रहेको बताए। उनले विज्ञापनको राजश्व उठाउने अधिकार स्थानीय स्वायत्ता ऐनले स्थानीय सरकारलाई दिएपनि ठेकेदारहरुले उठाइरहेको बताए।

चालु पुँजी मार्गदर्शन उद्योग व्यवसायप्रति प्रतिकूल: महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्ग दर्शनले मुलुकको उद्यम व्यवसायमा प्रतिकुल असर पार्ने भन्दै चर्को आलोचना गरेको छ।

विदेशी मुद्रा संचितिका लागि कृषि उत्पादनको निर्यात बढाउनुपर्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन्।

नेपालमा लगानी गर्न भारतीयलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको भन्दै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए। उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको बताए।

अब हामी देखिने गरी काम गर्छौंः मन्त्री बडु

साझेदारी अभियान अनुरूपको नतिजा हासिल गर्न कार्यक्रमको कार्यान्वयनका लागि मन्त्रालय र महासंघबीच आपसी सहमतिमा आवश्यक स्रोत साधन परिचालन गरिने छ।

तरलतामा थप दबाब सिर्जना: महासंघ

उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ८ महिना यता बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने बताएको छ।

पश्चिम सेती भारतीय कम्पनीलाई

सरकारले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस आर ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मेवारी भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ।

निजी क्षेत्रद्वारा बजेटको स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको भूमिकालाई महत्त्व दिएको बताएको छ।

सन्तुलित अर्थतन्त्रका लागि आयातमा कडाइ

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रका विद्यमान चुनौतीको निकास बारेको आइतवार आयोजना गरिएको छलफल कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य महासंघका अधिकारीले सन्तुलित अर्थतन्त्रका लागि आयातमा कडाइ गरिएको बताएका छन्।

सरकार र निजी क्षेत्रबीच करको विवाद अन्त्य गर्नुपर्छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताएका छन्।

औद्योगिक लोडसेडिङले उद्योगी व्यवसायी थला पर्ने अवस्थामा: महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा दैनिक १२ देखि १६ घण्टाको लोडसेडिङ हुँदा उद्योगी व्यवसायी थला पर्ने अवस्थामा पुगेको जनाएको छ।

महासंघ र पर्यटन बोर्डबीच सहमति

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ।

ठूला दलले बल्ल गर्न थाले मनोनयन दर्ता

तनहुँमा ठूला राजनीतिक दलले मनोनयन दर्ता थालेका छन्। मनोनयन दर्ताको अन्तिम दिनको अन्तिम समयमा आएर ठूला राजनीतिक दलको उम्मेदवारी दर्ता सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्