६ वैशाख २०८१ बिहीबार
राजनीति

ठूला दलले बल्ल गर्न थाले मनोनयन दर्ता

तनहुँमा ठूला राजनीतिक दलले मनोनयन दर्ता थालेका छन्। मनोनयन दर्ताको अन्तिम दिनको अन्तिम समयमा आएर ठूला राजनीतिक दलको उम्मेदवारी दर्ता सुरु भएको हो।

जिल्ला सदरमुकाम व्यास नगरपालिकामा हालसम्म माओवादी केन्द्रले मेयर र उपमेयर पदमा मनोनयन दर्ता गराएका छन्। व्यासमा माओवादी केन्द्रबाट मेयरमा अतिन्द्रकेशरी न्यौपाने र उपमेयरमा देवा सुर्खालीले मनोनयन दर्ता गराएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य वृषराज श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले र गोविन्दराज जोशी समूहबाट मेयर र उपमेयर दुबै उम्मेदवारले मनोनयन दर्ता गराउन  निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्।

मेयरमा जोशीपुत्र दिपकराज जोशीले र उपमेयरमा नेकपा एमालेकी बसुन्धरा घर्तीले मनोनयन दर्ता गराउदैँ छन्। नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेवार पनि मनोनयन दर्ता गर्नलाई दर्तास्थलमा पुगेका छन्। एकीकृत समाजवादीबाट मेयरमा शंकरनारायण श्रेष्ठ र उपमेयरमा मनुमाया श्रेष्ठले उम्मेदवारी दिनेछन्।

कांग्रेसबाट हालका मेयर बैकुण्ठ न्यौपानेले मेयर र इन्दिरा दरैले उपमेयरमा उम्मेदवारी दिनेछन्। आइतबार पनि व्यास नगरपालिकामा मेयरमा मात्रै तीन जनाको उम्मेदवारी परेको छ। शुक्लागण्डकी नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयर र उपमेयरमा उम्मेदवारी परेको छ।

मेयरमा युवा संघका केन्द्रीय सचिव कमल ढकालले मेयरमा र पार्टी केन्द्रीय सदस्य रेखा थापा बस्यालले उपमेयरमा उम्मेदवारी दिएका छन्। शुक्लागण्डकीमा कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनलाई कृष्णराज पण्डित दर्तास्थल पुगेका छन्।  शुक्लागण्डकीमा कांग्रेस र माओवादीले तालमेल गर्ने सहमति भएको छ। 

प्रकाशित: १२ वैशाख २०७९ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App