सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका सरकारबाहिर रहेका दलनिकट ११ विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएका छन्। कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाइमा ११ विद्यार्थी संगठनले मंगलबार सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन्।