सरकार ठूलो कि पार्टी?
जनआन्दोलन २०४६ पछि नेपालमा १३ जना प्रधानमन्त्री भएछन्। यी १३ जनामध्ये कृष्णप्रसाद, मनमोहन र खिलराजबाहेक अन्यमा नैतिकता र प्रजातन्त्रको कुरा गर्नु भनेको व्यर्थमा समय बर्बाद गर्नु मात्र हो।
जनआन्दोलन २०४६ पछि नेपालमा १३ जना प्रधानमन्त्री भएछन्। यी १३ जनामध्ये कृष्णप्रसाद, मनमोहन र खिलराजबाहेक अन्यमा नैतिकता र प्रजातन्त्रको कुरा गर्नु भनेको व्यर्थमा समय बर्बाद गर्नु मात्र हो।
गणेशमान सिंह, उमेरमा बिपी कोइरालाभन्दा कान्छा थिए। तर उनले बिपीले भन्दा डेढ दशकअघि राजनीतिको अन्धकारमा हामफालिसकेका थिए।
‘जननी जन्मभूमिश्च, स्वर्गादपिगरियसी’ वाक्यांशः स्वयं भगवान् रामले आफ्नो १४ वर्षको वनवासपछि अयोध्या(आफ्नो जन्मभूमि) टेक्ने बेला मातृभूमिको माटो आफ्नो माथामा दल्दै उच्चारण गरेका थिए। उनी भगवान् थिए– यो पूरै ब्रह्माण्डको मालिक उनै थिए भने उनलाई अयोध्याको मात्र किन माया र चिन्ता त भन्नेहरू पनि नभएका होइनन्।
कुनै विषयलाई गम्भीरतापूर्वक नलिने स्वभावलाई ‘बेपर्वाही’ स्वभाव भएको व्यक्ति भनिन्छ। यस्ता व्यक्तिलाई मधेसतिरकाले ‘विनदास’ भन्छन्। मुस्लिम बाहुल्य भएको ठाउँमा यस्तालाई ‘हर्फनमौला’ भनिन्छ। पहाडतिर चाहिँ भनिन्छ, ‘शोक न सुर्ता भएको मान्छे’। माथि उच्चारण गरिएका सबै शब्द बेपर्वाहको पर्यायवाची शब्द हुन्।
मानिसका जन्मसिद्ध ५ प्रकारका स्वभाव हुन्छन्– ९१० ऊ जीवन चाहन्छ, मर्न चाहँदैन। ९२० स्वतन्त्रता चाहन्छ, पराधीन बन्न चाहँदैन। ९३० शासन गर्न चाहन्छ, शासित हुन चाहँदैन। ९४० ज्ञानको भोक अर्थात नयाँ कुरा जान्ने उत्सुकता हुन्छ। ९५० आनन्द चाहन्छ। यी ५ चाहना भनौँ या स्वभाव, यीभन्दा बढी अरु केही चाहना मानिसको हुँदै हुँदैन। यी शाश्वत स्वभावबाट कोही निवृत्त हुनै सक्दैन।
अविकसित राष्ट्रका प्रायः सबै शासकहरूले निर्वाचनका बेला जनताको मन जित्नका निम्ति समृद्धि र सुखका कुरा गर्ने गरेका छन्। भलै चुनाव जितिसकेपछि आफ्नै प्रस्ताव तिनले किन नबिर्सिऊन्। यसपटकको निर्वाचनपछि सशक्त राष्ट्रवादी नेताका रूपमा चिनिएका नेता केपी ओलीले आफ्नो उमेरको उत्तरार्धमा आएर ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा घन्काएका छन्।
रजातान्त्रिक व्यवस्थामा निर्वाचनलाई जनमत बुझ्ने सर्वोत्तम साधन मानिन्छ । नेपालमा पनि २०१५ सालयता धेरै पटक स्थानीय र संसदीय निर्वाचनहरू भए । हामी सँगसँगै प्रजातान्त्रिक अभ्यासमा प्रवेश गरेका कयौँ मुलुकहरू विकासको उपल्लो स्थानसम्म पुगिसकेका छन् । तर नेपालको कुरा बेग्लै छ । यहाँ विकासले न गति लिन सक्यो, न त प्रजातन्त्रको संवर्धन नै गर्न सकियो । प्रजातन्त्र संवर्धित भए विकास स्वतः हुन्छ । विश्वमा प्रजातन्त्रको संवर्धन जहाँ जहाँ भएको छ, त्यहाँका जनता कतै दरिद्र छैनन् । नेपालमा प्रजातन्त्रको संवर्धन किन भएन र विकासले किन गति लिन सकेन भन्ने खोज फेरि पछि गराैँला । यो आलेखको उद्देश्य नेपालमा भएको पछिल्लो निर्वाचनको सन्देश के हो भन्नेमै केन्द्रित छ ।
ठूला दलका नेताहरूले पत्रकार सम्मेलन नै गरी प्रस्तुत गरेका घोषणापत्रका प्रतिहरू हातमा परिसकेपछि पनि कुनै पनि पत्रकारले नेताहरूलाई तिनले चार वर्षअघि घोषणा गरेका के के बँुदा कार्यान्वयनमा, ल्याए त ? भनेर सोध्ने दायित्व पूरा गर्ने साहस पनि देखाएनन् ।
हामी आफ्नै क्षमतामा सय मेगावाटको आयोजना पनि सम्पन्न गर्न सक्ने अवस्थामा छैनौं। नेपालीलाई यो अवस्थासम्म पुर्याइदिनेलाई राष्ट्रघाती नभने के भन्ने?
महाभियोग जस्ता 'ब्रह्मास्त्र' बारम्बार प्रयोग गर्ने वस्तु होइनन्। वास्तवमा भन्ने हो भने सर्वदलीय सहमति नभई यस्ता धारा चलाउनै हुन्न। केटाकेटी खेल हो र यो?
नागरिक दैनिकमा अघिल्लो पटक राष्ट्रवादको विषयमा बहस प्रारम्भ गरेको थिएँ । उक्त लेखमाथि गम्भीर छलफल नभएका होइनन् ।
केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट विस्थापित गर्ने क्रममा संसद्मा भएका चर्का छलफलमा प्रधानमन्त्री पदका तत्कालीन दाबेदार पुष्पकमल दाहालले भने– ‘राष्ट्रवादको समयसापेक्ष परिभाषाको आवश्यकता देखियो।’
सक्रिय राजतन्त्र विस्थापित गरेर नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको २७ वर्ष भएछ। राजतन्त्र उन्मूलन गरेको पनि एक दशक नाघिसक्यो। यो देशमा २०४६ सालमा भएको पहिलो जनआन्दोलनले स्थापित गरेको प्रजातन्त्रपछि जन्मिएका नेपालका सन्तानले विभिन्न विषयमा विद्यावारिधि गरी देश/विदेशमा नाममात्र कमाएका छैनन्, तिनले गर्वाेन्नत नेपालको प्रतिष्ठालाई उच्चतम विन्दुसम्म पुर्याउन सफल भएका अनेकौ उदाहरण छन्।
महाभारत कथा काल्पनिक जस्तै लागे तापनि त्यो वास्तविक इतिहास हो। त्यो कथाको एउटा प्रसंगमा युद्ध टार्नका लागि स्वयं भगवान कृष्ण तत्कालीन सम्राट धृतराष्ट्रकहाँ शान्ति प्रस्ताव लिएर जानुभएको थियो। भगवानको प्रस्ताव थियो– 'यद्यपि भारत वर्षका आधिकारिक उत्तराधिकारी पाण्डव पुत्रहरु नै हुन्।
सत्ता प्राप्तिका लागि छिमेकी सामुन्ने लम्पसार पर्ने अनि सत्ता हातलागी हुनासाथ तिनै छिमेकीलाई सत्तोसराप गर्ने प्रवृत्ति कदापि राजनेताको हुनुहुँदैन ।हामीकहाँ दुई चार सय वा दुई चार हजारलाई नै भनौं पछाडि लगाएर हिँडाउन सक्ने नेतालाई राजनेता भनिने गरेको छ तर वा